२०८२ कार्तिक २३, शनिबार
24 खबर अपडेट

परासीको निलोगेटबाट लागूऔषधसहित एक युवक पक्राउ

२०८० भाद्र ३१, आईतबार प्रकाशित ( साल अघि) १९२९ पाठक संख्या

परासी, ३१ भदौ । नवलपरासी प्रहरीले लागूऔषधसहित दाङका एक यूवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङ जिल्लाको घोराही उपमहानगरपालिका–११ बस्ने ३० वर्षीय भुवन केसी रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय परासीबाट खटिएको प्रहरी टोलीले आज विहान ११ बजेको समयमा रामग्राम नगरपालिका–१ स्थित निलोगेट नजिकैबाट विभिन्न परिमाणका लागूऔषधसहित केसीलाई पक्राउ गरेको कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी दिनुभयो ।
पक्राउ परेका केसीको साथबाट नुफिन १२० एम्पुल,फेनारगन १२३ एम्पुल,डाईजेपाम १२१ एम्पुल र नाईट्राभेट–१० नामक ११७ ट्याब्लेट लागूऔषध बरामद भएको डिएसपी बोहराले बताउनुभयो । उहाँका अनुसार परासीबाट सुनवलतर्फ शंकास्पद अवस्थामा हिँडिरहेका केसीलाई निलोगेटमा सोधपुछ गर्ने क्रममा दाहिने हातमा बोकेको प्लाष्टिकको बोराको झोला भित्र सेतो फाईबरको थैलोमा खैरो काटुन टेपले बेरि लुकाई छिपाई राखेको अवस्थामा उक्त परिणामको लागूऔषध फेला परेको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
५%८%१%१%१%

प्रतिक्रिया दिनुहोस