२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

प्रगतिशील साकोसको वार्षिक कारोबार आठ करोड नाघ्यो, शुद्ध मुनाफा बीस लाख

२०८० भाद्र ३०, शनिबार प्रकाशित ( साल अघि) ४४७ पाठक संख्या

मोहन पौडेल
परासी, ३० भदौ । प्रगतिशील बचत तथा ऋण सहकारी संस्था लिमिटेड सुनवल–९ स्वाठीको वार्षिक कारोबार आठ करोड नाघेको छ । संस्थाले गत आर्थिक वर्ष २०७९÷०८० मा रु आठ करोड ९२ लाख २६ हजार ८८९ बराबरको आर्थिक कारोबार गरेको हो ।
संस्थाको आज सुनवलस्थित लोटस रिर्साेटमा सम्पन्न १७ औँ वार्षिक साधारणसभा तथा तीज मिलन कार्यक्रममा उक्त जानकारी गराईएको हो । उक्त कारोबारबाट गत आर्थिक वर्षमा सहकारीले रु २० लाख २२ हजार ३२७ शुद्ध मुनाफा आर्जन गर्न सफल भएको संस्थाकी अध्यक्ष तुलसी कुमारी कुँवरले जानकारी दिनुभयो । अघिल्लो आ.व.२०७८÷०७९ मा उक्त सहकारीले वार्षिक रु सात करोड ७४ लाख कारोबार गरि १३ लाख ६३ हजार शुद्ध मुनाफा गरेको थियो ।
२०६३ सालमा ४२ जनाबाट स्थापना भएको प्रगतिशील साकोसमा हाल ९५१ ज्ना शेयर सदस्य रहेका छन् । सुनवल नगरपालिका कार्यक्षेत्र रहेको यस सहकारीको शेयर पुँजी ९१ लाख ७० हजार ९०० रुपैँया, निक्षेप संकलन सात करोड ३० लाख ४१ हजार रहेको छ भने ६ करोड ९५ लाख ८८ हजार २५० रुपैँया ऋण लगानी गरेको छ ।संस्थाले आगामी वर्षमा शेयर पुँजी एक करोड २५ लाख रुपैँया तथा बचत संकलन नौ करोड पुर्याउने लक्ष्य लिएको अध्यक्ष कुँवरले जानकारी दिनुभयो । सहकारीले उत्पादनशील क्षेत्रको लगानीलाई प्राथमिकता दिँदै आएको अध्यक्ष कुँवरले बताउनुभयो ।
साधारणसभाको उद्घाटन शत्रलाई सम्बोधन गर्दै सुनवल नगरपालिकाका उपप्रमुख सूर्यप्रसाद दुवेले समय सापेक्ष र आवश्यकता अनुसार सहकारीको उद्देश्य पनि परिमार्जन गर्दै जानुपर्नेमा जोड दिनुभयो । आर्थिक लगानी गरिसकेपछि मूनाफा खोज्नुपर्ने उहाँको भनाई थियो । उपमेयर दुवेले उत्पादनमूलक क्षेत्रमा लगानी गर्न चाहनेका लागि नगरपालिकाले अनुदानका कार्यक्रम सञ्चालन गरिरहेको बताउँदै उत्पादन र स्वरोजगारसँग जोडिन आग्रह गर्नुभयो ।
कार्यक्रममा जिल्ला सहकारी संघका सचिव चण्डीप्रसाद पाण्डेले कृषि क्षेत्रको लगानी बढाउन जोड दिनुभयो । उहाँले कृषि उत्पादनको भण्डार र बजारीकरणका लागि सुनवलमा २५ करोड लागतमा तीन हजार मेट्रिक टन क्षमताको शीत भण्डार निर्माण भई सञ्चालनको तयारीमा रहेकोले कृषि उत्पादन तर्फ लाग्न आग्रह गर्नुभयो ।
उक्त अवसरमा सुनवल ९ का वडा अध्यक्ष बीरबल चौधरी, संस्थाका संस्थापक अध्यक्ष एवं सल्लाहकार संयोजक रामचन्द्र भण्डारी, श्रीनगर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ओमबहादुर कुँवर लगायतले शुभकामना व्यक्त गर्नुभएको संस्थाकी व्यवस्थापक विन्दु पौडेल न्यौपानेले बताउनुभयो । साधारणसभामा संस्थाकी अध्यक्ष कुँवरले संस्थाको वार्षिक कार्यक्रम, सचिव भवानी शंकर ज्ञवालीले वार्षिक प्रगति प्रतिवेदन, लेखा समिति संयोजक सत्य प्रकाश चौधरीले लेखा प्रतिवेदन, कोषाध्यक्ष शिवु न्यौपाने चापागाईले आर्थिक प्रतिवेदन तथा उपाध्यक्ष मुक्तिराम पराजुलीले स्वागत मनतव्य व्यक्त गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस