२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

बाल संगठनद्धारा विपन्न तथा टुहुरा बालबालिकालाई झोलासहितको शैक्षिक सामग्री सहयोग

२०८० भाद्र २९, शुक्रबार प्रकाशित ( साल अघि) ५९३ पाठक संख्या

परासी, २९ भदौ । नेपाल बाल संगठन(बालमन्दिर) जिल्ला कार्य समिति पश्चिम नवलपरासीले अति विपन्न बालबालिकालाई झोलासहितका शैक्षिक सामग्री सहयोग गरेको छ । राष्ट्रिय बाल दिवसको अवसर पारी आज रामग्राम नगरपालिका वडा नं.१४ स्थित ऐचावलका दश जना विपन्न तथा अनाथ बालबालिकालाई झोला, कापी,कलम लगायतका शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो ।
एैचावलस्थित खुल्ला सामुदायिक सिकाई केन्द्रले आर्थिक अभाव तथा अभिभावक नभएका कारण पढाईबाट वञ्चित रहेका बालबालिकालाई अनौपचारिक कक्षा सञ्चालन गर्दै आएको छ ।
आज सोही सिकाई केन्द्रद्धारा सञ्चालित अनौपचारिक शिक्षा कक्षामा अध्ययनरत बालबालिकालाई नेपाल बाल संगठनले शैक्षिक सामग्री वितरण गरेको नेपाल बाल संगठन नवलपरासीका सभापति पृत्तम पौडेलले जानकारी दिनुभयो । आर्थिक अवस्था कमजोर भएकै कारण कोही पनि बालबालिका शिक्षाबाट वञ्चित हुन नहुने बताउँदै बाल संगठनले थोरै भएपनि अध्ययनमा प्रोत्साहन गर्न सहयोग गरेको सभापति पौडेलले बताउनुभयो ।
खुल्ला सामुदायिक सिकाई केन्द्र रामग्राम–१० का कार्यक्रम संयोजक भवानी शंकर चौधरीले सिकाई केन्द्रले अभिभावक नभएका, आर्थिक अभावका कारण विद्यालय शिक्षाबाट वञ्चित रहेका र विचमै विद्यालय छाडेका बालबालिकालाई अनौपचारिक शिक्षा प्रदान गरि पुनः विद्यालय पठाउने वातावरण बनाईरहेको बताउनुभयो ।
जापानका विद्यार्थीहरुले आफ्नो खाजा खर्चबाट बचाएर पठाएको रकमबाट सिकाई केन्द्रले अनौपचारिक कक्षा सञ्चालन गरिरहेको उहाँले बताउनुभयो । सिकाई केन्द्रकी सामाजिक परिचालक सुमित्रा कोँहारले सिकाई केन्द्रले अनौपचारिक कक्षा सञ्चालन गरेपछि विद्यालय जान नपाएका तथा बिचमै विद्यालय छाडेका बालबालिकाले अक्षर चिन्न थालेको र पुनः विद्यालय जान सक्ने भएको बताउनुभयो ।
कतिपयको अभिभावक नभएको र कतिपयले दैनिक छाक टार्न समेत धौधौ भएका परिवारका बालबालिका भएकोले उनीहरुको पढ्ने रहर भएर पनि पढाई पूरा गर्न नसकेकोले सिकाई केन्द्रले अनौपचारिक शिक्षा प्रदान गरि उनीहरुको पढ्ने रहन पूरा गरेको उहाँले बताउनुभयो । कार्यक्रममा नेपाल बाल संगठनका जिल्ला उपसभापति दीपक कुमार गैरे, जिल्ला सचिव मोहन पोडेल लगायतले बाल दिवस र बाल संगठनको कार्यहरुको बारेमा प्रकाश पार्नुभएको थियो ।

B2

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस