२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

परासी बजारमा छाडा पशु चौपायाको आतंक

२०८० भाद्र २८, बिहिबार प्रकाशित ( साल अघि) ४४० पाठक संख्या

परासी, २८ भदौ । पश्चिम नवलपरासीको सदरमुकाम परासीको मुटु बुद्धचोक क्षेत्रमा छाडा छोडिएका पशु चौपायाले आतंक मच्चाएका छन् । केही दिन देखि बुद्धचोक र आसपासका सडकमा छाडा पशु चौपायाका कारण व्यस्त बजार अस्तव्यस्त भएको छ ।
छाडा छोडिएका गाई गोरुका कारण दुर्घटना बढेको स्थानीयले बताएका छन् । छाडा पशु चौपायाको छिटो उचित व्यवस्थापन गर्न पनि स्थानीयले माग गरेका छन् । सडकमा यत्रतत्र छोडिएका  छाडा पशु चौपायाले गर्दा सवारी आवागमन अवरोध हुनुका साथै पैदल यात्रा गर्न पनि समस्या भएको स्थानीय मेडिकल व्यवसायी भगवती यादवले बताउनुभयो ।
सडकमा हिँडिरहेका बेला आफूलाई समेत कैयौँ पटक गाईगोरुले आक्रमण गरेको र सडकमा हिँडडुल गर्न पनि समस्या भईरहेको उहाँले बताउनुभयो ।

C2

छाडा पशु चौपायाले सडकमा यात्रा गरिरहेका सर्वसाधारणलाई आक्रमण गरि आतंक मच्चाउने गरेको प्रत्यक्षदर्शीले बताएका छन् । छाडा पशु चौपाया व्यवस्थापनमा स्थानीय सरकार उदासिन देखिएको नागरिक समाजका जिल्ला अध्यक्ष राधेश्याम सिंह सैथवारले बताउनुभयो । खुल्ला छाडिएका पशु चौपाया सवारी साधनमा ठोक्किने, मान्छेलाई हान्ने,बजार कुरुप देखिने जस्ता समस्या विकराल बन्दै गएको उहाँले बताउनुभयो ।
छाडा पशु चौपाया व्यवस्थापन गर्ने अधिकार स्थानीय सरकारलाई भएकोले स्थानीय सरकारले ठोस कदम चाल्नुपर्ने नागरिक समाजको धारणा छ । सडक छेकेर बस्ने पशु चौपायाका कारण दुर्घटनाको जोखिम बढेको यातायात व्यवसायीको गुनासो छ । रामग्राम नगरपालिकाले भने छाडा पशु चौपाया व्यवस्थापनको तयारी भईरहेको जनाएको छ । नगर उपप्रमुख सम्झना चौधरीले छाडा पशु चौपायाको व्यवस्थापन छिट्टै हुने बताउनुभयो ।

C3

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस