२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

सरावल गाउँपालिका स्वास्थ्य क्षेत्रमा नवलपरासीमै उत्कृष्ट,अरु पालिकाको अवस्था के ?

२०८० भाद्र २८, बिहिबार प्रकाशित ( साल अघि) ८५४ पाठक संख्या

मोहन पौडेल
परासी, २८ भदौ । पश्चिम नवलपरासीको सरावल गाउँपालिका स्वास्थ्यको क्षेत्रमा जिल्लाकै उत्कृष्ट स्थानीय तह बनेको छ । गत आर्थिक वर्षमा पालिकाले स्वास्थ्य क्षेत्रका गरेका उल्लेखनीय कार्यको मूल्यांकन गर्दै सरावल गाउँपालिकालाई जिल्लाकै उत्कृष्ट पालिकाको रुपमा सम्मान गरिएको हो ।
स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले आज भूमहीमा आयोजना गरेको स्वास्थ्य कार्यक्रमको वार्षिक समिक्षामा उत्कृष्ट पालिका घोषणा गरिएको हो । गत आ.व.२०७९।०८० मा पालिका र त्यस अन्तरगतका स्वास्थ्य संस्थाहरुबाट सञ्चालित स्वास्थ्य सम्बन्धी गतिविधिहरुका मूख्यमूख्य सूचकको आधारमा सरावलले प्रथम स्थान हासिल गरेको स्वास्थ्य कार्यालयका प्रमुख ओमप्रकाश पन्थीले जानकारी दिनुभयो ।
स्वास्थ्य क्षेत्रमा खोप कार्यक्रम, शिशु तथा आमा सुरक्षा, परिवार नियोजन, सरुवा रोग नियन्त्रण, पोषण कार्यक्रमको प्रभावकारीता, समयमै रिर्पाेटिङ्ग लगायतका सूचकका आधारमा जिल्लाका सातै वटा पालिकालाई मूल्यांकन गरि उत्कृष्ट छनौट गरिएको पन्थीले बताउनुभयो । यसैगरी बर्दघाट नगरपालिकाले दोस्रो तथा रामग्राम नगरपालिकाले तेस्रो स्थान हासिल गरेका छन् । चौँथोमा सुनवल, पाँचौमा प्रतापपुर, छैँठौँमा सुस्ता र सातौँ नम्बरमा पाल्हीनन्दन छनौट भएको छ । उत्कृष्ट स्थान हासिल गर्ने पालिकालाई आजै सम्मान गरिएको थियो ।
कार्यक्रममा जिल्लाका सात वटै पालिका,पृथ्वीचन्द्र अस्पताल र स्वास्थ्य कार्यालयबाट गत आर्थिक वर्षमा सञ्चालन गरिएका स्वास्थ्य कार्यक्रमहरुको समिक्षा गरिएको हो । स्वास्थ्य कार्यालयको तर्फबाट तथ्यांक अधिकृत बजरंगी प्रसाद चौधरी, पृथ्वीचन्द्र अस्पतालको तर्फबाट मेडिकल रेकर्डर पूजा न्यौपाने, बर्दघाट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवाली, सुनवल नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण न्यौपाने, रामग्राम नगरपालिकाका स्वास्थ्य सहायक अनिल खड्का, पाल्हीनन्दन गाउँपालिकका स्वास्थ्य शाखा प्रमुख हरिशंकर गुप्ता, सरावल गाउँपालिकका स्वास्थ्य शाखा प्रमुख ओमनारायण देवकोटा, प्रतापपुर गाउँपालिकाका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक उपेन्द्र कोईरी र सुस्ता गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख निर्मला कुशवाहाले स्वास्थ्य कार्यक्रमको प्रस्तुती गर्नुभएको स्वास्थ्य कार्यालयका वरिष्ठ मेलरिया निरीक्षक देवीलाल पौडेलले जानकारी दिनुभयो ।
स्वास्थ्य कार्यालयका प्रमुख पन्थीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव, स्वास्थ्य तालिम केन्द्र लुम्बिनी प्रदेशका निमित्त निर्देशक नोमनारायण चौधरी, पृथ्वीचन्द्र अस्पतालका प्रमुख डा.किरण पाण्डे लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । स्वास्थ्य कार्यालयको आयोजना तथा ईन्द्रेणी सामाजिक विकास मञ्च, फेयर मेड फाउण्डेसन, यूएमएन, एचकेआई , यूएसएआईडी लगायतको आर्थिक सहयोग तथा सहकार्य रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%२%

प्रतिक्रिया दिनुहोस