२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

परासीमा तीन दिनसम्म संविधान दिवस मनाईने, सरसफाइदेखि मैत्रीपूर्ण फुटवलसम्मका कार्यक्रम

२०८० भाद्र २७, बुधबार प्रकाशित ( साल अघि) ६४१ पाठक संख्या

मोहन पौडेल
परासी, २७ भदौ । पश्चिम नवलपरासीमा तीन दिनसम्म विभिन्न कार्यक्रम गरि संविधान दिवस २०८० मनाईने भएको छ । संविधान जारी भएको दिन असोज तीनलाई मुलुकभर भव्य रुपमा मनाउने नेपाल सरकारको निर्णय अनुसार नवलपरासीमा पनि सरसफाइदेखि मैत्रीपूर्ण फुटवलसम्म्का कार्यक्रम गरि उत्सवको रुपमा मनाउने निर्णय गरिएको हो ।
संविधान दिवस मनाउने सम्बन्धमा आज प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालको अध्यक्षतामा परासीमा सम्पन्न सरोकारवालाहरुको संयुक्त बैठकले असोज २,३ र ४ गते जिल्लामा विभिन्न कार्यक्रमका साथ भव्य रुपमा संविधान दिवस मनाउने निर्णय गरेको हो । तीनै दिन जिल्लाका सबै सरकारी कार्यालय, सार्वजनिक स्थान, संघ संस्था तथा आम जिल्लावासीलाई दीपावली गर्न आग्रह गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी अर्यालका अनुसार असोज २ गते जिल्लाभरका सरकारी कार्यालयले आआफ्नो कार्यालय परिसरमा तथा आम नागरिकले घरघरमा सरसफाइ गर्ने, जिल्ला भित्र रहेका धार्मिक, सांस्कृतिक सम्पदा र सार्वजनिक स्थलमा सरसफाइ र सौन्दर्यीकरण स्थानीय तहहरु मार्फत गरिने छ । यस्तै सोही दिन नै रामग्राम नगरपालिकाको आयोजनामा राष्ट्रसेवक कर्मचारी भर्सेस जनप्रतिधि र पत्रकार सम्मलित दुई समूहबीच मैत्रीपूर्ण फुटवल आयोजना हुनेछ ।
असोज ३ गते संविधान दिवसको दिन जिल्ला सदरमुकाम परासी बुद्धचोकमा संघ,प्रदेश र स्थानीय तहका सबै कर्मचारी,संघ संस्था, जनप्रतिनिधि, राजनीतिक दल,पत्रकार तथा आम नागरिकको सहभागितामा हातहातमा राष्ट्रिय झण्डा बोकी प्रभातफेरि कार्यक्रम गर्ने र अन्य स्थानीय तहमा पनि सोही प्रकृतिको कार्यक्रम आयोजना गर्ने तय भएको छ । सोही दिन राष्ट्र, राष्ट्रियता, स्वतन्त्रता र संविधानका लागि आफ्नो जीवन उत्सर्ग गर्ने,ज्ञात अज्ञात सहिदहरुको सम्मान तथा श्रद्धान्वली प्रकट गर्दै धार्मिक संघ संस्थामा पूजापाठ तथा प्रार्थनाका कार्यक्रम सञ्चालन गर्ने,स्थानीय सञ्चारमाध्यमबाट संविधानको महत्वको विषयमा विभिन्न सामग्री प्रकाशन तथा प्रशारण गर्ने बैठकले निर्णय गरेको छ । असोज चार गते सरकारी कार्यालय, संघ संस्था र आम नागरिकहरुले साँझमा आआफ्नो क्षेत्रमा दीपप्रज्वलन गर्न आग्रह गरिएको छ।
यसबाहेक पनि संविधान दिवसको अवसर पारेर स्थानीय तहहरुले आफ्नो क्षेत्र भित्र उक्त दिन राष्ट्रिय झण्डा फहराउने,संविधान र देशको प्रगतिको विषयमा विभिन्न कार्यक्रम गर्ने,विद्यालय तथा कलेज क्याम्पसहरुमा संविधान दिवस लगायत राष्ट्रभक्तिको विषयमा कविता, वक्तृत्वकला, हाजिरीजवाफ लगायतका विभिन्न प्रतियोगिताहरु सञ्चालनको व्यवस्था मिलाउने र सार्वजनिक चोकहरुमा राष्ट्रिय गान र राष्ट्रभक्ति सम्बन्धी गीत संगितका कार्यक्रम, महोत्सव सञ्चालनको व्यवस्था मिलाउन गरि स्थानीय तहहरुलाई आग्रह गरिएको छ ।
बैठकमा लुम्बिनी प्रदेशसभा सदस्य बैजनाथ कलवार, जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव, रामग्राम नगरपालिकाका मेयर धनपत यादव, सुनवल नगरपालिकाकी मेयर बिमला अर्याल, बर्दघाट नगरपालिकाका मेयर शम्भुलाल श्रेष्ठ, राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रमुखहरु, सरकारी कार्यालयका प्रमुखहरु, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु ल्गायतने सहभागिता रहेको सहायक प्रमुख जिल्ला अधिकारी प्रकाश देवकोटाले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस