२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

अपांगता भएका व्यक्तिहरुको सवाल विषयक जिल्ला स्तरीय अन्तरक्रिया सम्पन्न

२०८० भाद्र २६, मंगलबार प्रकाशित ( साल अघि) ६०१ पाठक संख्या

परासी, २६ भदौ । अपांगता भएका व्यक्तिहरुको सवालमा जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम आज पश्चिम नवलपरासीको सुनवलमा सम्पन्न भएको छ । फेयर मेड फाउण्डेसनको सहयोग तथा ईन्द्रेणी सामाजिक विकास मञ्चको आयोजनामा भएको उक्त कार्यक्रममा अपांगता भएका व्यक्तिले भोगेका समस्याका विषयमा छलफल गर्दै समाधानका लागि आगामी दिनमा गरिने योजनाको विषयमा बृहत अन्तरक्रिया भएको थियो ।
अपांगता भएका व्यक्तिहरुको अधिकार र हकहितका लागि जिल्लामा क्रियाशिल संघ संस्थाहरुका प्रतिनिधि तथा राष्ट्रिय अपांग महासंघका जिल्ला तथा प्रदेशका पदाधिकारीहरुको उपस्थितिमा अपांगता भएका व्यक्तिहरुको विविध सवालमा छलफल तथा सशक्तीकरणका लागि जोड दिईएको थियो ।
ईन्द्रेणी सामाजिक विकास मञ्च बर्दघाटकी उपाध्यक्ष सावित्रा पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मञ्चद्धारा सञ्चालित आधारभूत स्वास्थ्य परियोजनाका जिल्ला कार्यक्रम संयोजक पुष्पराज आचार्यले सहजीकरण गर्दै अपांगता भएका व्यक्तिहरुको अधिकार प्रवद्र्धन र सहभागिता तथा पहुँच अभिवृद्धिका लागि प्राविधिक रुपमा सहयोग गर्न ईन्द्रेणी तयार रहेको बताउनुभयो ।
कार्यक्रममा सहभागिहरुले तीनै तहका सरकारले गर्ने विनियोजन गर्ने बजेट, योजना कार्यान्वयनमा अपांगता भएका व्यक्तिहरुको पहुँच र सहभागिता सुनिश्चित गर्नुपर्ने माग गरेका थिए । यसका लागि सबै अपांगता भएका व्यक्तिहरु एकताबद्ध भई सम्बन्धीत निकायमा ज्ञापनपत्र मार्फत ध्यानाकर्षण गराउने निर्णय गरेका छन् ।
फेयर मेड फाउण्डेसन नेपालका टिम लिडर शशिलाल कर्णले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै अपांगता भएका व्यक्तिहरुको सशक्तीकरण तथा पहुँच अभिवृद्धिका लागि परियोजनाले काम गरिरहेको बताउनुभयो । उक्त अवसरमा गत वर्ष सञ्चालित तालिमपछि बनाईएको कार्ययोजनाको प्रगति, अपांगता भएका व्यक्तिहरुको क्षेत्रमा कार्यरत संघ संस्था सञ्चालनमा रहेका समस्याहरु, समाधानका प्रयास लगायतका विषयमा अपांग महासंघ नेपालका पूर्व वरिष्ठ उपाध्यक्ष एवं अनुशासन समिति संयोजक देवीबहादुर पोखरेल र जिल्ला कार्यक्रम संयोजक पुष्पराज आचार्यले सहजीकरण गर्नुभएको थियो ।
अपांगता भएका व्यक्तिहरको सेवा सुविधा र अवसरहरुमा पहुँच अभिवृद्धि गराउनु, अपांगताको क्षेत्रमा कार्यरत संघ संस्थाहरुको बीचमा सहकार्य बढाउनु कार्यक्रम मूख्य उद्देश्य रहेको जिल्ला कार्यक्रम संयोजक आचार्यले बताउनुभयो ।
कार्यक्रममा अपांगता भएका व्यक्तिहरुको संस्थागत क्षमता विकास, अपांगता सम्बन्धी राष्ट्रिय तथा अन्तराष्ट्रिय परिवेश, नेपाललमा अपांगता भएका व्यक्तिहरुको लागि अवसर र सामना गर्नुपरेका चुनौतीको विषयमा व्यापक छलफल गरिएको थियो भने आपसी समन्वय, सहकार्य र संजालीकरण, संस्थागत विकास र अन्य संस्थाहरुसँग सहकार्य, अपांग महासंघको भूमिका तथा महासंघको जिल्ला शाखा वा नेटवर्क निमार्ण लगायतका विषयमा पनि प्रस्तुतीकरण सहित अन्तरक्रिया गरिएको आचार्यले जानकारी दिनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति नवलपरासीका व्यवस्थापन अधिकृत धनेश्वर पौडेल, फेयर मेड फाउण्डेसनका टिम लिटर शशिलाल कर्ण, ईन्द्रेणी सामाजिक विकास मञ्चका कार्यकारी निर्देशक बद्री सुवेदी, राष्ट्रिय अपांग महासंघ लुम्बिनी प्रदेशका सहसचिव मनोज पंगेनी लगायतले अपांगताको क्षेत्रमा गर्न सकिने सुधारका विषयमा आआफनो धारणा व्यक्त गर्नुभएको थियो ।कार्यक्रममा जिल्लाका सातै पालिकाका अपांगता सम्बन्धी संस्थाका प्रतिनिधिहरुको सहभागिता थियो ।

Aa2

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%१%

प्रतिक्रिया दिनुहोस