२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

प्रुडेन्सियल ईन्स्योरेन्स कम्पनी परासी शाखाले पशु बीमाको भुक्तानी नदिएको भन्दै पीडित पक्षद्धारा तालाबन्दी

२०८० भाद्र २५, सोमबार प्रकाशित ( साल अघि) ३६५ पाठक संख्या

परासी, २५ भदौ । प्रुडेन्सियल ईन्स्योरेन्स कम्पनी लिमिटेड परासी शाखाले पशु बीमा बापतको भुक्तानीमा बदमासी गरेको आरोप लागेको छ । बीमा गरेको पशुको मृत्युपछि भुक्तानीको दाबी गर्दा उक्त बीमा कम्पनीको परासी शाखाले भुक्तानी दिन आलटाल गरेको भन्दै आज पीडित पक्षले कम्पनीको शाखा कार्यालयमा तालबन्दि गरेका छन् ।
पश्च्मि नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वडा नं. ६ सनईकी राजकुमारी केवटले आफूले बीमा गरेको भैँसीको रोगले मृत्युभएपछि बीमा दाबी भुक्तानीका लागि पटकपटक माग गरेको तर कम्पनीले भुक्तानी दिन नखोजेको गुनासो गर्नुभयो । केवटले पालेका दुई वटा भैँसी र एक पाडीको सोही कम्पनीले २०७८ चैत २८ गते एक वर्षका लागि एक÷एक लाख बराबरको पशु बीमा गरिदिएको थियो । बीमाको समय अवधि नसकिँदै २०७९ फागुन ३० गते बीमा गरेको मध्ये एक मुर्रा भैँसीको पेट फुल्ने रोगका कारण मृत्यु भएको पशु चिकित्सकले प्रमाणित गरेका छन् ।

Pr1

मृत्यु हुनु केही दिन पहिले उक्त भैँसीको कानमा लगाएको ट्याग खसेको र बीमित केवटले कम्पनीका प्रतिनिधिलाई उक्त जानकारी गराउँदा ट्याग नभएर केही हुँदै्न, बीमाको कागज राम्रोसँग राख्नुहोला भन्ने जवाफ दिएको बीमित राजकुमारी केवटले बताउनुभयो । भैँसीको मृत्युपछि बीमा दाबी गर्दा कम्पनीले भैँसीको कानमा ट्याग नभएको भन्दै भुक्तानी दिन आलटाल गर्दै आएको पीडित केवटले बताउनुभयो । आफूले समयमै ट्याग खसेको जानकारी गराएको र समय अवधि हुँदाहुँदै बीमा दाबी गर्दा कम्पनीले लापरवाही गर्दै आएको उहाँको गुनासो छ ।
पटकपटक क्षतिपूर्ति माग गर्दा पनि कम्पनीले सुनुवाई नगरेपछि आज बाध्य भएर कम्पनीको परासी शाखाका प्रमुखको कार्यकक्षमा तालाबन्दि गरेको उहाँले बताउनुभयो । कम्पनीको लापरवाहीका कारण आफूले क्षतिपूर्ति पाउन नसकेको भन्दै उहाँले उक्त कम्पनीका परासी शाखा प्रमुख र बीमा गराउने एजेन्टलाई कारवाही गर्न र क्षतिपूर्ति उपलब्ध गराउन माग गर्नुभएको छ । कम्पनीले भने भैँसी मरेको समयमा जानकारी नगराएको, भैँसीको कानमा रहेको ट्याग अर्कै कम्पनीको रहेकोले भुक्तानी दिन नसकिने दाबी गरेको छ ।

Pr2

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस