२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

महाकवि देवकोटा माविको गजबको निर्णय : नेपाल र भारतबीचको क्रिकेट हेर्न दुई बजेपछि बिदा

२०८० भाद्र १७, आईतबार प्रकाशित ( साल अघि) ६४६ पाठक संख्या

परासी, १७ भदौ । नेपाल र भारतबीचको क्रिकेट हेर्न पश्चिम नवलपरासीको सुनवलस्थित महाकवि देवकोटा नमूना माविले आकस्मिक विदा दिएको छ । विद्यालयले आज एक सूचना जारी क्रिकेट खेल हेर्ने वातावरण बनाउन भोली दिउँसो दुई बजेपछि विद्यालयको पठनपाठन स्थगित गरिएको जनाएको हो ।
एसिया कप २०२३ अन्तरगत भोली भदौ १८ गते दिउँसो २ बजे नेपालले भारतसँग प्रतिस्पर्धा गर्दैछ । नेपालले सिनियर स्तरमा भारतसँग खेल्न लागेको यो पहिलो खेल हो । उक्त ऐतिहासिक खेलमा नेपाली क्रिकेट टिमको सम्मानका लागि सबैले खेल हेर्ने वातावरण बनाउन दुई बजेपछि पठनपाठन बन्द गरिएको विद्यालयका प्रधानाध्यापक खेमलाल जोशी शर्माले जानकारी दिनुभयो ।
विद्यार्थी तथा विद्यालयका शिक्षक कर्मचारी लगायत खेलप्रेमी महानुभावलाई खेल हेर्न र सम्मानका लागि सहज बनाउन पनि खेल हुने समयमा पठनपाठन रोकिएको विद्यालयले जनाएको छ ।

A1

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस