२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

सरावलमा स्वास्थ्य संस्थाहरुको न्यूनतम सेवा मापदण्ड सम्बन्धी पालिका स्तरीय समिक्षा

२०८० भाद्र १७, आईतबार प्रकाशित ( साल अघि) ७३५ पाठक संख्या

परासी, १७ भदौ । स्वास्थ्य संस्थाहरुको न्यूनतम सेवा मापदण्ड सम्बन्धी पालिका स्तरीय समिक्षा कार्यक्रम आज पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा सम्पन्न भएको छ । सरावल गाउँपालिकाको आयोजना तथा फेयर मेड फाउण्डेसन र ईन्द्रेणी सामाजिक विकास मञ्च नवलपरासीद्धारा सञ्चालित आधारभूत स्वास्थ्य परियोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा उक्त कार्यक्रम गरिएको थियो ।
पलिका अन्तरगतका सातै वडाका अध्यक्षहरु, गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह तथा स्वास्थ्य संस्थाहरुको व्यवस्थापन समितिका पदाधिकारीहरु,गाउँपालिकाका विभिन्न शाखाका प्रमुखहरु, सात वटै स्वास्थ्य चौकीका प्रमुखहरु लगायतको सहभागिता रहेको उक्त कार्यक्रममा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ओमनारायण देवकोटाले अघिल्लो आर्थिक वर्ष र गत आर्थिक वर्षको समग्र स्वास्थ्य संस्थाको न्यूनतम सेवा मापदण्डको अवस्थाको बारेमा तुलनात्मक जानकारी गराउनुभएको थियो ।
कर्यक्रममा स्वास्थ्य संस्थामा न्यूनतम सेवा मापदण्ड कार्यक्रम संचालन पछिको प्रगति, सिकाई र चुनौतीहरुबारे पालिका स्तरमा छलफल गर्ने, गाउँपालिका र स्वास्थ्य संस्थाको स्तरको गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह तथा स्वास्थ्य संस्थाहरुको व्यवस्थापन सुदृढीकरण समितिको भुमिका र काम कर्तव्यको विषयमा अभिमुखिकरण गर्ने, न्यूनतम सेवा मापदण्ड कार्यक्रमलाई प्रभावकारी रुपमा संचालन गर्नका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह तथा स्वास्थ्य संस्थाहरुको व्यवस्थापन सुदृढीकरण समितिमार्फत कार्ययोजना निर्माण गर्ने र गाउँपालिका एवं स्वास्थ्य शाखामा रहेका चुनौतीहरुको पहिचान गरि न्यूनतम सेवा मापदण्डको सुधारका कार्ययोजना समेत बनाई प्रस्तुतीकरण गरिएको आधारभूत स्वास्थ्य परियोजनाका जिल्ला कार्यक्रम संयोजक पुष्पराज आचार्यले जानकारी दिनुभयो ।
उक्त अवसरमा न्यूनतम सेवा मापदण्डको प्रगतिको आधारमा उत्कृष्ट स्वास्थ्य संस्थाहरु पनि छनौट गरिएको थियो । जसअन्तरगत गाउँपालिकामा क्लिनिकल सेवा व्यवस्थापन, सहयोग सेवा व्यवस्थापन र सुशासन व्यवस्थापनमा सरावल स्वास्थ्य संस्था उत्कृष्ट भयो भने मनरी स्वास्थ्य चौकी पनि द्धितीय हुन सफल भएको परियोजना संयोजक आचार्यले बताउनुभयो ।

Pu

 

कार्यक्रमलाई सम्बोधन गर्दै वडा नं. ६ का वडा अध्यक्ष छोटेलाल गुप्ताले यस कार्यक्रमले आफूहरुको सोचाईमा रुपान्तरण गरेको बताउँदै अब योजना र सुचकमा बढी केन्द्रित भएर काम गर्ने बताउनुभयो । उहाँले आफ्नो वडामा रहेको रामपुर खडौना स्वास्थ्य चौकी अन्यको तुलनामा कमजोर देखिएकोमा दुःख लागेको बताउँदै आगामी दिनमा राम्रो बनाउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह तथा स्वास्थ्य संस्थाहरुको व्यवस्थापन समितिका सदस्य शुसान्त शर्मा घिमिरेले सुचकतहको छलफलमा आफ्नो समितिलाई सहभागिता गराउन सके अति राम्रो हुने र यस कार्यक्रमले आफू जस्तै स्वास्थ्य क्षेत्रको सुधारका पक्ष पहिचानका लागि सकृय हुन सन्देश दिएको बताउनुभयो ।
सरावल वडा न. १ का स्वास्थ्य चौकी प्रमुख अशोक पाण्डेले कार्यक्रम प्रभावकारी भएको र यसलाई वार्षिक रुपमा पालिका स्तरमा र वडा तहमा त्रैमासिक रुपमा न्यूनतम सेवा मापदण्डका सुचकहरुको अवस्था अध्ययन गरे सबै हरियो तहमा पुग्न सक्ने लक्ष्य लिई बजेट पनि सोही अनुसारको न्योचित वितरण गर्नुपर्नेमा जोड दिनुभयो ।
सरावल ६ का वडा अध्यक्ष छोटेलाल गुप्ताको अध्यक्षता, परियोजनाका जिल्ला कार्यक्रम संयोजक पुष्पराज आचार्यको सहजीकरण रहेको उक्त कार्यक्रममा गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख ओमनारायण देवकोटाले स्वागत र फेयरमेड फाउण्डेशन नेपालका गुणस्तर सुधार तथा अनुगमन विज्ञ विपिन थापाले उद्देश्यबारे जानकारी गराउनुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस