२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

जग्गा कित्ताकाटको विषयमा अझै अन्यौलता छ,सरकारले छिटो समाधान गर्नुपर्छ : काबा प्रदेश संयोजक क्षेत्री

२०८० भाद्र १६, शनिबार प्रकाशित ( साल अघि) ३८१ पाठक संख्या

रोल्पा, १६ भदौ । नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसनका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेशका कार्यबाहक संयोजक अर्जुन बहादुर क्षेत्रीले जग्गाको कित्ताकाँटको विषयमा सरकारले स्पष्ट निर्णय नगर्दा लेखापढी व्यवसायी र सेवाग्राही अन्यौलमा परेको बताउनुभएको छ । सरकार आफैले पटकपटक गरेको निर्णय नै कार्यान्वयन गर्न नसक्दा व्यवसायी र सेवाग्राही मारमा परेको भन्दै स्पष्ट निर्णय गर्न सरकारसँग माग गर्नुभयो ।
नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसन ईकाई समिति लिवाङको पाँचौ साधारणसभा तथा चौँथो अधिवेशनमा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै कार्यबाहक प्रदेश संयोजक क्षेत्रीले भन्नुभयो, “कित्ताकाँटको विषयमा सरकारले स्पष्ट निर्णय गर्न सकेको छैन्,गरेका निर्णय पनि कार्यान्वयनमा समस्या छ, सेवाग्राही र लेखापढी व्यवसायीलाई नै अन्यौलमा पार्ने काम गरिएको छ”

L2

प्रदेश संयोजक क्षेत्रीले कित्ताकाँट, राजस्व, बैंक दाखिला लगायतका समस्या समाधानका लागि प्रदेश सरकारलाई ध्यानाकर्षण गराईएको तर उल्टै प्रदेश सरकारले राजस्वका दर बढाएर ढाड सेक्ने काम गरेको उल्लेख गर्नुभयो । उहाँले सेवाग्राहीलाई हितमा राखेर सहज, सरल र छिटो छरितो सेवा प्रवाहमा सहजीकरण गर्न लेखापढी व्यवसायीलाई आग्रह गर्दै पेशागत मर्यादा र आचारसंहिता पालना गरि अघि बढ्न जोड दिनुभयो । उहाँले मालपोत, नापी लगायतका अर्धन्यायीक निकायसँग नङ र मासुको जस्तै सम्बन्ध स्थापित गर्न पनि आग्रह गर्नुभयो ।
एसोसिएसनका अर्का केन्द्रीय सदस्य टंकनाथ पाण्डेले लेखापढी व्यवसायीको हकहित प्रवद्र्धन र पेशागत सुरक्षाका लागि केन्द्रीय समिति निरन्तर सक्रिय रहेको बताउनुभयो । उहाँले सरकारका कारण लेखापढी व्यवसायीले विभिन्न समस्या खेप्नुपरेको बताउँदै तीनै तहका सरकारसँग समन्वय र सहकार्य गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो । एसोसिएसनका केन्द्रीय प्रचारप्रसार एवं प्रकाशन विभाग प्रमुख एवं पूर्व केन्द्रीय उपाध्यक्ष नेपबहादुर ओलीले पेशागत सुरक्षका लागि सबै लेखापढी व्यवसायी एकजुट भएर अघि बढ्नुभएको विकल्प नभएको बताउनुभयो । उहाँले एसोसिएसनको आगामी असोज ६ र ७ गते हुने राष्ट्रिय परिषद् बैठकमा लेखापढी व्यवसायीले भोग्नुपरेको समस्याको विषयमा गहन छलफल भई उचित निकास आउनेमा विश्वस्त रहेको बताउनुभयो ।

L3

नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसन रोल्पाका अध्यक्ष होमबहादुर पुनको अध्यक्षतामा भएको उक्त कार्यक्रममा एसोसिएसनकी लुम्बिनी प्रदेश सदस्य एवं केन्द्रीय महिला विभाग सदस्य श्रीकुमारी घर्ती रोका, नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष नवीन लोचन मगर, कान्तिपुर दैनिकका काशिराम डाँगी, दैनिक24 खबरका सम्पादक मोहन पौेडेल,एसोसिएसन रोल्पाका संस्थापक अध्यक्ष गोविन्द आचार्य,संस्थापक कोषाध्यक्ष ईन्द्रबहादुर घर्ती,नापी कार्यालय रोल्पाका घनश्या बुचा, मालपोत कार्यालय लिवाङका हरिभक्त खनाल, एसोसिएसनका जिल्ला अध्यक्ष लिलाधर आचार्य लगायतले शुभकामना व्यक्त गर्नुभएको एसोसिएसनका जिल्ला सचिव दिनेश आचार्यले बताउनुभयो ।
ऋधिवेशनले पुनः होमबहादुर पुनको अध्यक्षतामा एसोसिएसन ईकाई समिति लिवाङको नयाँ समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा लिलाधर आचार्य, सचिवमा दिनेश आचार्य,सहसचिवमा बेगम बुढा मगर, कोषाध्यक्षमा हिमाल डिसी, सहकोषाध्यक्षमा रिता घर्ती थापा तथा सदस्यमा कालुराम डाँडी, यमबहादुर गुरुङ र सुकबहादुर रोका मगर चयन हुनुभएको निर्वाचन संयोजक श्रीकुमारी रोकाले जानकारी दिनुभयो ।

L4

यसैगरी एसोसिएसन ईकाई समिति लिवाङ र घर्तीगाँउ समितिको संयुक्त भेलाले अर्जुन डाँगीको अध्यक्षमा एसोसिएसनको जिल्ला समन्वय तदर्थ समिति पनि गठन गरेको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस