२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

लेखापढी कानून व्यवासायी माथि हातहात गर्नेलाई कारवाही गर्न माग

२०८० भाद्र १३, बुधबार प्रकाशित ( साल अघि) ६३५ पाठक संख्या

परासी, १३ भदौ । लेखापढी कानून व्यवसायी माथी हातहात भएको भन्दै नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसन नवलपरासीले आपत्ति जनाएको छ । एसोसिएसनले पेशागत सुरक्षाको ग्यारेण्टी गर्न माग पनि गरेको छ ।
एसोसिएसनका जिल्ला अध्यक्ष चौँथी प्रसाद कोँहारले एक विज्ञप्ती जारी गर्दै आफ्ना सदस्य व्यवसायी माथी हातपात गर्ने कार्यमा संलग्नलाई कानुनी दायरामा ल्याई कारवाही गर्न माग गर्नुभएको हो । परासीस्थित मालपोत कार्यालय अगाडि लेखापढी व्यवसाय गर्दै आउनुभएका एसोसिएसनका साधारण सदस्य श्रवण कुमार चौधरी माथी भाद्र दश गतेका दिन कार्यालयमा बसेर काम गरिरहेकै अवस्थामा हुलसहित आएका व्यक्तिले कुटपिट गरेका एसोसिएसनले जनाएको छ ।
विगत २÷३ वर्ष अघिको लिखतलाई आधार बनाएर प्रतापपुर–१ बस्ने ४० वर्षीय ईन्द्र बहादुर दर्जीले व्यवसायी चौधरीलाई गाली गलोज गर्दै कुटपिट गरेको अध्यक्ष कोँहारले बताउनुभयो । एसोसिएसनले कानून हातमा लिई अन्याय र दुव्र्यहार गर्ने माथी कडा कारवाही गर्न र पेशागत सुरक्षाको व्यवस्था मिलाउन जोडदार माग गरेको छ।

Le2

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस