२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

पश्चिम नवलपरासीका कवाडी व्यवसायी संगठित, सुवेदीको नेतृत्वमा एसोसिएसन गठन

२०८० भाद्र १२, मंगलबार प्रकाशित ( साल अघि) ५३३ पाठक संख्या

मोहन पौडेल
परासी, १२ भदौ । पश्चिम नवलपरासीका कवाडी व्यवसायीहरु संगठित भएका छन् । कवाडी व्यवसायलाई व्यवस्थित रुप दिन र व्यवसायीको हकहितमा काम गर्न भन्दै आज जिल्लाका कवाडी व्यवसायी परासीमा भेला भई कवाडी व्यवसायी एसोसियसन नेपाल नवलपरासी जिल्ला तदर्थ समिति गठन गरेका हुन् ।
समितिको अध्यक्षमा आरती टेडर्स बर्दघाटका सञ्चालक प्रदीप सुवेदी चयन हुनुभएको छ । सर्वसम्मत गठित समितिको उपाध्यक्षमा राम प्रवेश सिंह, सचिवमा मोहन सापकोटा, कोषाध्यक्षमा किसान जयसवाल चयन हुनुभएको छ भने समितिको सदस्यहरुमा तुसार पाठक, करन सहानी, अमिरी सहानी, मोहराम अन्सारी, अखिलेश पण्डित र भोलानाथ बर्मा रहनुभयको सचिव मोहन सापकोटाले बताउनुभयो ।
तदर्थ समितिले संस्था दर्ता गरि ६ महिना भित्र अधिवेशन गर्ने निर्णय गरेको छ । नवनिर्वाचित अध्यक्ष सुवेदीले जिल्लामा हालसम्म कवाडी व्यवसायीको संगठन नभएकोले यो व्यवसाय गर्दै आएका व्यवसायीलाई परेको दुःख समस्याको विषयमा बोल्ने माध्यम नभएको र अनेक तरिकाले यस व्यवसायलाई दुःख दिने गरिएकोले अब भने संस्थागत रुपमै एकजुट भएर आवाज उठाउन सजिलो भएको बताउनुभयो ।
उक्त अवसरमा बोल्दै व्यवसायी युवराज डुम्रेले यो पेशालाई अत्यन्तै मर्यादित बनाउँदै जानुपर्ने बताउनुभयो । सरसफाइको क्षेत्रमा सह्रायिन कार्य गरेकोमा राज्यले पुरस्कृत गर्नुपर्नेमा विभिन्न कारण देखाउँदै उल्टै दण्डित गर्ने गरिएको उहाँले गुनासो गर्नुभयो । व्यवसायीका धेरै मागहरुमा अब संघको तर्फबाट आवाज उठाउन उहाँले माग गर्नुभयो । सचिव मोहन सापकोटाले अब यस क्षेत्रका सबै व्यवसायीहरुलाई समेट्ने र हरेक तवरले राज्यका सबै निकायहरुसंग सहकार्य गर्दै समस्या समाधानमा अघि बढ्ने बताउनुभयो ।
यसैबीच जिल्लाका कवाडी व्यवसायी र प्रहरीबीच आजै अन्तरक्रिया समेत भएको छ । कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक काजी कुमार आचार्यले कवाडी सामग्री खरिद गर्दा विशेष चनाखो हुन आग्रह गर्नुभयो । जिल्लामा चोरिका घटनाहरु ह्ुन नदिन व्यवसायी पनि चनाखो हुनुपर्ने र सम्भव भएसम्म सीसीटिभी जडान गर्न एसपी आचार्यले जोड दिनुभयो । आगामी दिनमा प्रहरी र व्यवसायीबीच सहकार्यका साथ अघि बढ्ने बताउँदै उहाँले अफ्ठ्यारो पर्दा प्रहरीलाई खबर गर्न आग्रह गर्नुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस