२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

एमसीसी विरुद्ध क्रान्तिकारी कम्युनिस्ट पार्टी सुनवलद्वारा मसाल जुलुस

२०८० भाद्र १२, मंगलबार प्रकाशित ( साल अघि) ३२९ पाठक संख्या

सुनवल, १२ भदौ । मोहन बैद्य ’किरण’ क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपालको सुनवल नगर संगठन समितिले सुनवल–७ अस्नैयाचोकमा मसाल जुलुस प्रदर्शन गरेको छ ।
एमसीसी खारेज गर, एमसीसीका मतियार दलालहरु होसियार जस्ता चर्का नाराबाजी गर्दै निकालिएको मसाल जुलुसले सुनवल–७ र ८ का बिभिन्न स्थान परिक्रमा गरेको थियो ।
जुलुस पछि अस्नैयाचोकमा आयोजित कोणसभामा पार्टीका महाधिबेशन आयोजक समिति सदस्य तथा जिल्ला संयोजक रवि पाण्डेयले एमसीसी जस्तो राष्ट्रघाती सम्झौता गरेर संसदवादीहरुले देश र जनतालाई धोका दिएको बताउनुभयो । उहाँले एमसीसी अमेरिकी साम्राज्यवादको सैन्य रणनीति रहेको बताउदैं एमसीसीका मतियारहरुलाई समेत जनताले लखेटनुपर्ने औल्याउनुभयो ।
पाार्टीका सुनवल नगर संयोजक रवि पुनको नेतृत्वका निकालिएको जुलुसमा पार्टीका नेवा ः मोर्चाका जिल्ला संयोजक चन्द्रमान मानन्धर, पार्टी सुनवल वडा नम्बर ७ का संयोजक बिजय चापागाई, सुनवल –८ का संयोजक अशोक चित्रकार, दलित मोर्चाका अगुवाहरु ऋषिराम बिक, बाबुराम बिक महिला नेतृ पुतली बिकलगायतको सक्रियता रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस