२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

अति विपन्न सहानी परिवारलाई रामग्राम महिला जेसीजद्धारा साईकल तथा खाद्यन्न हस्तान्तरण

२०८० भाद्र १२, मंगलबार प्रकाशित ( साल अघि) ५०६ पाठक संख्या

मोहन पौडेल
परासी, १२ भदौ । आर्थिक अवस्था कमजोर हुँदा अध्ययन तथा जीविकोपार्जनमै समस्या भोग्न बाध्य पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वडा नं.६ की पुष्पा सहानीलाई सहयोग हस्तान्तरण गरिएको छ । रामग्राम महिला जेसीज वर्ष २०२३ ले सहानीलाई आज एक थान साईकल तथा दैनिक उपभोग्य सामग्री हस्तान्तरण गरेको हो ।
१८ वर्षीया पुष्पाको चार जना परिवार मध्ये बुबाआमा बिरामी भईरहने कारणले काम गर्न सक्ने अवस्थामा हुनुहुन्छ । एउटा भाई पढ्दै गरेको र पुष्पा आफै पनि पढाई गर्दै जीविकोपार्जनका लागि ज्याला मजदुरी समेत गर्नुपरेको तर विद्यालय तथा काममा आउनजान साधनको अभावमा कठिनाई हुनुका साथै जीवनयापन मै समस्या भोग्नुपरेको अवस्था छ ।
पुष्पाको दयनीय अवस्थालाई मध्यनजर गर्दे महिला जेसीजले सहयोग गरेको हो । मानवताको सेवा नै जीवनको सर्वाेत्तम कार्य हो भन्ने भनाईलाई आत्मसाथ गर्दै सहानी परिवारको जीवनयापनमा केही भएपनि सहयोग पुगोस् र आवतजावतको सहजताका लागि टेवा पुगोस् भनेर साईकल तथा खाद्यन्न सामग्री हस्तान्तरण गरिएको रामग्राम महिला जेसीज वर्ष २०२३ की अध्यक्ष जोगमाया चौधरीले जानकारी दिनुभयो ।
रामग्राम महिला जेसीजकी पूर्व अध्यक्ष एवं समाजसेवी लक्ष्मी क्षेत्रीको प्रमुख आतिथ्यमा उक्त सहयोग हस्तान्तरण गरिएको हो । उक्त अवसरमा प्रमुख अतिथि क्षेत्रीले मानवीय सेवामा जेसीजको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले आगामी दिनमा पनि मानवताको सेवालाई निरन्तरता दिन आग्रह गनुृभयो ।
उक्त अवसरमा नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष सन्दिप अग्रहरी, रामग्राम जेसीजका अध्यक्ष बेनीमाधव बस्याल, महिला जेसीजकी पूर्व अध्यक्ष रिंगला यादव, कार्यकारीणी उपाध्यक्ष सरिता कुर्मी, उपाध्यक्ष अन्नु सुनार, महासचिव डोल्मा चौधरी लगायतले आआफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस