२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

क्रान्तिकारी कम्युनिस्ट पार्टी सुस्ता द्वारा श्रद्धाञ्जली सभा सम्पन्न

२०८० भाद्र ११, सोमबार प्रकाशित ( साल अघि) ३०६ पाठक संख्या

सुस्ता, ११ भदौ ।  क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल सुस्ता गाउँ संगठन समितिको आयोजनामा सुस्ता-१ बनधरी बस्तीमा सोमबार श्रद्धाञ्जली सभा गरिएको छ । पार्टीका गाउँ कमिटी सदस्य सन्तोष मुसहरको सहोदर भाइ तथा पार्टी समर्थक छन्नु मुसहरको छोरा बलिरामको स्मृतिमा शोकब्यक्त गर्दै पार्टीले श्रद्धाञ्जली सभा गरिएको हो । सो अवसरमा पार्टी का केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य एवं जिल्ला संयोजक रवि पान्डेयले मृत्युलाई शोकमा नभई शक्तिमा बदल्दै वर्गीय आन्दोलनमा जुटन सबैलाई आग्रह गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका उहाँले जन्म र मृत्यु जिवनको सत्यता रहेको चर्चा गर्दै असामायिक निधनले धेरैले पीडा दिने गरेको बताउनुभयो । उहाँले शोकमा डुबेर आफ्नो जिजिबिका माथि प्रभाव पार्न नहुने बताउदै सुखमा मात्र नभइ दु:खमा पनि पार्टीले नैतिक बल दिने उल्लेख गर्दै बिचलित नहुन सबैलाई अनुरोध गर्नुभयो । फरक प्रसङ्गमा संयोजक पान्डेयले सर्बहारा बर्गले जिते संसार जित्ने र हारे गुमाउनु पर्ने केही नहुने उदाहरण पेश गर्दै संसदवादी पार्टीहरु जस्तो चुनाबको बेला मात्र जनताको घरदैलोमा आउने नक्कली पार्टी नरहेको स्पष्ट पार्नुभयो । “हामी चुनावको बेला मात्र गाउँ फर्कने पार्टी होइनौ यो त तपाईं सबैलाई थाहा भएको विषय हो – ” यो मजदुर किसान तथा भुमिहिन सुकुम्बासीको आफ्नै पार्टी भएकोले निस्चिन्त भएर बर्गिय आन्दोलनमा सबै लाग्नुपर्छ ।” कार्यक्रमा बोल्दै पार्टीका प्रदेश सदस्य तथा सुस्ता गा.पा. इन्चार्ज रामचन्द्र पोख्रेलले बर्गिय मायाकै कारण आधारभुत बस्तीहरुमा आफुहरु आउने गरेको बताउनु भयो । उहाँले बलिरामको निधन प्रती शोक ब्यक्त गर्नु भयो । पार्टीका गाउँ संगठन समिती संयोजक गोबिन्द बहादुर साठिघरेको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका सहसंयोजक सोम बहादुर बिश्वकर्मा , गाउँ पार्टीका सदस्यहरु तारा नेपाली, अजय पथरकट्टालगायत पार्टी समर्थकहरुको उल्लेख उपस्थिति थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस