२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

नवलपरासीमा सञ्चालित स्वास्थ्य सम्बन्धी कार्यक्रमको वार्षिक समिक्षा

२०८० भाद्र ११, सोमबार प्रकाशित ( साल अघि) ४१६ पाठक संख्या

परासी, ११ भदौ । पश्चिम नवलपरासीमा सञ्चालित स्वास्थ्य सम्बन्धी कार्यक्रमको वार्षिक समिक्षा गरिएको छ । स्वास्थ्य कार्यालय नवलपरासीको आयोजना तथा फेयर मेड फाउण्डेसन र ईन्द्रेणी सामाजिक विकास मञ्चद्धारा सञ्चालित आधारभूत स्वास्थ्य परियोजनाको आर्थिक सहयोगमा भएको उक्त कार्यक्रममा जिल्लास्थित स्वास्थ्य क्षेत्रमा सञ्चालित कार्यक्रमहरुको समिक्षा गरिएको हो ।
स्वास्थ्य कार्यालयका प्रमुख ओमप्रकाश पन्थीको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव(रुदल)को प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा उक्त अवसरमा ईन्द्रेणी सामाजिक विकास मञ्च आधारभूत स्वास्थ्य परियोजनासहित सहभागि बर्दघाट,सुनवल सामुदायिक विकास केन्द्र,टीएलएमएन,आईआरसीएच,आशा समूह, वेश नेपाल, सशक्तीकरण नेपाल, ग्रिन तारा नेपाल, किड्स कपिलवस्तुसहित दश वटा संस्थाका परियोजना संयोजकहरुले गत आर्थिक वर्षको प्रगति विवरण तथा आगामी योजनाबारे प्रस्तुती गरेको आधारभूत स्वास्थ्य परियोजनाका जिल्ला कार्यक्रम संयोजक पुष्पराज आचार्यले जानकारी दिनुभयो ।
उक्त अवसरमा फेयर मेड फाउण्डेसन नेपालका टिम लिडर शशिलाल कर्ण र साझेदारी तथा स्वास्थ्य विज्ञ तुलसीराम खनालले कार्यक्रमहरुको समिक्षाको विषयमा पकाश पार्नुभएको थियो । सहभागिहरुले जिल्लामा पोषण र खानेपानीको क्षेत्रमा काम गर्ने संस्थाको कमी रहेकोले त्यस क्षेत्रका कार्यक्रमलाई जोड दिन, देखिने र आवश्यकताको पहिचान गरी प्राथमिकता दिएर कार्यक्तम सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए ।
जिसस प्रमुख यादवले पालिका अनुसारका कार्यक्रम तथा बजेट फ्यालेक्स प्रिन्टमा सबैले देख्ने गरि व्यवस्थापन गर्न जोड दिनुभयो । सो अवसरमा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्याल, स्वास्थ्य कार्यालयकी कल्पना पौडेल, आधारभूत स्वास्थ्य परियोजनाका जिल्ला कार्यक्रम संयोजक पुष्पराज आचार्य लगायतले कार्यक्रमको उद्देश्य र उपलब्धीको विषयमा प्रकाश पार्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस