२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

जिप्रकामा कार्यालय स्थापना गर्दै पूर्व प्रहरी संगठन नवलपरासी

२०८० भाद्र ११, सोमबार प्रकाशित ( साल अघि) ३७१ पाठक संख्या

परासी, ११ भदौ । पूर्व प्रहरी संगठन पश्चिम नवलपरासीले संगठनको कार्यालय व्यवस्थापनका लागि पहल थालेको छ । संगठनको कार्यालय जिल्ला प्रहरी कार्यालय परिसरमा व्यवस्थापन गर्ने तयारी छ ।
पूर्व प्रहरी संगठनलाई जिल्ला प्रहरी कार्यालय भित्रै कार्यालय व्यवस्थापन गर्न प्रहरी प्रधान कार्यालयले नै निर्देशन गरेकोले नवलपरासीमा पनि केन्द्रको निर्देशन अनुरुप कार्यान्वयन गर्न पूर्व प्रहरी संगठनले जिल्ला प्रहरी कार्यालयलाई आग्रह गरेको छ ।
संगठनका जिल्ला अध्यक्ष शम्भु उपाध्याय, प्रदेश सदस्य राधेश्याम सिंह सैथवारसहित पदाधिकारी नेतृत्वको टोलीले जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी काजी कुमार आचार्यलाई भेट गरि कार्यालय व्यवस्थापनमा सहजीकरण गरिदिन आग्रह गरेको हो ।
एसपी आचार्यले कार्यालय भित्रै पूर्व प्रहरी संगठनका लागि एउटा कोठा उपलब्ध गराउने बताउनुभयो । प्रहरी प्रधान कार्यालयकै निर्देशन रहेकोले केही दिनमै संगठनको कार्यालय व्यवस्थापन हुने गरि कोठा उपलब्ध गराउने तयारी गरेको एसपी आचार्यले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस