२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

सरावलको बासामा भलुही खोलाले बगाएर ल्याएको शव फेला

२०८० भाद्र १०, आईतबार प्रकाशित ( साल अघि) ४४३ पाठक संख्या

परासी, १० भदौ । पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा न.१ बासास्थित भलुही खोलाले बगाएर ल्याएको अवस्थामा एक पुरुषको शव फेला परेको छ । आज दिउँसो खोला किनारमा घोप्टो परेको अवस्थामा वेवारिसे शव देखेपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए ।
मृत व्यक्ति नवलपरासी सुनवल नगरपालिका वडा न.११ धुर्काेटफेदी बस्ने २९ वर्षीय वीर बहादुर कुमाल रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी भोजराज पाण्डेले जानकारी दिनुभयो । मृत्तकका भाई राजु कुमालले शवको सनाखत गरेको प्रहरीले जनाएको छ । शवको जिल्ला अस्पताल परासीमा पोष्टमाटम गरि परिवारलाई बुझाईएको र घटनाको थप अनुसन्धान भईरहेको डिएसपी पाण्डेले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस