२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

म विप्लव नेतृत्वकै नेकपामा छु, अन्य पार्टीमा प्रवेश गरेको छैन् : रामपृत

२०८० भाद्र १०, आईतबार प्रकाशित ( साल अघि) ६४५ पाठक संख्या

परासी, १० भदौ । विप्लव नेतृत्वको नेकपा नवलपरासीका जिल्ला सदस्य रामपृत चमार(करण)ले आफू नेकपामा मै रहेको बताउनुभएको छ । उहाँले आज एक विज्ञप्ती निकाल्दै आफू विप्लव नेतृत्वको नेकपामै रहेको स्पष्ट पार्नुभएको हो ।
केही दिन अघि विप्लव नेतृत्वको नेकपा परित्याग गरि मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीमा प्रवेश गरेको भनिएका रामपृतले आज जारी गरेको विज्ञप्तीमा भने वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेताहरुले आफूलाई झुक्काएर पार्टी प्रवेश गरेको भनी भ्रम छरेको दाबी गर्नुभएको छ । उहाँले उक्त पार्टीले आफ्नो अनुमति विनै विज्ञप्ती जारी गरेर पार्टी प्रवेश गरेको भनी झुटो प्रचार गरेको जिकिर गर्नुभएको छ ।
२०५३ सालदेखि नै माओवादी जनयुद्धमा होमिएका रामपृत हाल विप्लव नेकपा नवलपरासीको जिल्ला सदस्य तथा श्रमिक संगठनको केन्द्रीय सदस्य हुनुहन्छ । हालै गठित समाजवादी मोर्चामा आफ्नो पार्टी पनि सामेल भएपछि आफूलाई केही शंका र भ्रम पैदा भईरहेको सन्दर्भमा वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीले आफ्नो सहमति नहुँदा पनि पार्टी प्रवेश गरेको भनी प्रचार गरेको बताउँदै उहाँले आफू नेकपाकै नीति विचारलाई अंगालेर अघि बढेको र विप्लव नेतृत्वकै नेकपामा रहेको प्रष्ट पार्नुभएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस