२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

मिटर व्याज समस्या समाधानका लागि भईरहेको पहलबारे यथार्थ सार्वजनिक गर्न समाजवादी युवा संघको माग

२०८० भाद्र ५, मंगलबार प्रकाशित ( साल अघि) ४८३ पाठक संख्या

परासी, ५ भदौ । मिटर व्याज समस्याको समाधानका लागि भईरहेका पहलको स्थिति सार्वजनिक गर्न नेपाल समाजवादी युवा संघ नवलपरासीले माग गरेको छ । डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी निकट युवा संघले आज पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्याललाई ज्ञापनपत्र बुझाउँदै मिटर व्याज समस्याको यथार्थ सार्वजनिक गर्न माग गरेको हो ।
समाजवादी युवा संघका जिल्ला अध्यक्ष दीपक सिंह कुर्मीको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको हो । जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका मिटर व्याज सम्बन्धी समस्याको समाधानका लागि भईरहेको पहलबारे आम जनतामा जानकारी नहुँदा विभिन्न शंका उपशंकाहरु उठिरहेको संघका अध्यक्ष कुर्मीले बताउनुभयो ।
यस विषयमा सही सूचना आम नागरिकलाई प्रवाह गर्न माग गरिएको उहाँले बताउनुभयो । जिल्लामा कति मिटर व्याजी पीडित छन्,प्रशासनमा दर्ता भएका कति उजुरी माथि छलफल भयो, कति समाधान भए, कति बाँकी छन्, समाधानको पहल कसरी भईरहेको छ भन्ने विषयमा आम जिल्लावासीलाई जानकारी गराउन समाजवादी युवा संघले आग्रह गरेको हो ।

D2

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस