२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

परासीमा प्रदेश मातहतका विकासे कार्यालयहरु स्थापनाका लागि पहल गर्ने सर्बदलिय निर्णय

२०८० भाद्र १, शुक्रबार प्रकाशित ( साल अघि) ७४० पाठक संख्या

मोहन पौडेल
परासी, १ भदौ । परासीमा बसेको सर्वदलिय बैठकले लुम्बिनी प्रदेश मातहतमा रहेका विकासे कार्यालयहरु पश्चिम नवलपरासीमा स्थापनाका लागि पहल गर्ने निर्णय गरेको छ । विकास निर्माणसँग सम्बन्धीत अधिकांश सरकारी कार्यालयहरु जिल्ला बाहिर हुँदा सेवा लिन समस्या भएकोले जिल्ला भित्रै ती कार्यालयहरु स्थापनाका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराउने सर्वदलिय बैठकले निर्णय गरेको हो ।
्नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, राप्रपा, रास्वपा, जनमत पार्टी,लोकतान्त्रिक समाजवादी पार्टी लगायतका प्रमुख तथा प्रतिनिधिहरुको आज परासीमा बसेको सर्वदलिय बैठकले यसअघि जिल्लाबाट विस्थापित गरिएका सहित केही नयाँ कार्यालयहरु स्थपनाका लागि पहल गर्ने निर्णय गरेको हो ।
बैठकले पुर्वधार विकास कार्यालय, शहरी विकास कार्यालय, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, पर्यटन विकास लगायतका कार्यालयहरु पश्चिम नवलपरासीमा स्थापनाका लागि माग गर्ने निर्णय गरेको माओवादी केन्द्रका नेता बुद्धन अलिले जानकारी दिनुभयो । उक्त विकासे कार्यालयहरु जिल्लाभित्र नहुँदा सेवा लिन जिल्लाबाहिर जानुपर्ने, समय,पैसाको खर्च तथा सेवा लिन समेत झन्झट व्यहोर्नुपरेको कारण जिल्लामै उक्त कार्यालयहरु स्थापना गर्न आवश्यक रहेको सर्वदलियको ठहर छ ।
जिल्लावासीलाई सहज सेवा दिलाउनका लागि सबै दल मिलेर विकास निर्माण सम्बन्धी कार्यालय ल्याउन पहल थालिएको दलका प्रतिनिधिहरुले बताएका छन् । उल्लेखित विकासे कार्यालयहरु जिल्लामा नहुँदा जिल्लामा महत्वपूर्ण भौतिक पूर्वाधार, शहरी विकास, खानेपानी विस्तार तथा पर्यटकीय स्थलहरुको विकासमा अपेक्षित टेवा पुग्न नसकेको दलहरुको ठहर छ ।

आज बसेको सर्वदलिय बैठकले जिल्लाका भूमिहीन तथा सुकुम्बासी एवंं अव्यवस्थित बसोबासीलाई लालपूर्जा वितरणका लागि पालिका तथा वडा स्तरबाट सहज रुपमा सिफारिस गरिदिन स्थानीय सरकारहरुको पनि ध्यानाकर्षण गराएको छ । माओवादी केन्द्रका प्रदेश सचिवालय सदस्य बुद्धन अलिको अध्यक्षतामा बसेको बैठकमा संविधानसभा सदस्य चिनक कुर्मी,नेपाली कांग्रेसका विक्रम यादव, जनता समाजवादी पार्टीका धरेन्द्र यादव, राप्रपाका किरण उपाध्याय, रास्वपाका रबि पाण्डे, जनमत पार्टीका बालगोविन्द चौधरी, लोकतान्त्रिक समाजवादी पार्टीका मुकुरजी गिरी लगायतको सहभागिता थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
५%२%१%१%

प्रतिक्रिया दिनुहोस