२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

सांसद प्रधानद्धारा दुर्घटनामा खुट्टा गुमाएका पाल्हीनन्दनका यादवलाई कृत्रिम खुट्टा सहयोग

२०८० श्रावण ३२, बिहिबार प्रकाशित ( साल अघि) १४१६ पाठक संख्या

मोहन पौडेल
परासी, ३२ साउन । पश्चिम नवलपरासी क्षेत्र नं.२ का प्रतिनिधिसभा सदस्य एवं पूर्व कानूनमन्त्री धु्र्रबबहादुर प्रधानले दुर्घटनामा परि खुट्टा गुमाएका पाल्हीनन्दनका वीरेन्द्र यादवलाई कृत्रिम खुट्टा सहयोग गर्नुभएको छ । आठ महिना अघि दुर्घटनामा परि एउटा खुट्टा गुमाउनुभएका पाल्हीनन्दन–३ छोट्की कुश्माका यादवलाई सांसद प्रधानले आफ्नो व्यक्तिगत खर्चमा कृत्रिम खुट्टा खरिद गरी आज हस्तान्तरण गर्नुभएको हो ।
खुट्टा गुमाएपछिको कष्टकर जीवनलाई केही हदसम्म भएपनि सहज बनाउन आफ्नै खर्चमा एक थान कृत्रिम खुट्टा सहयोग गरेको सांसद प्रधानले दैनिक 24 खबरलाई बताउनुभयो । गत निर्वाचनको समयमा घरदैलो गर्दै गर्दा यादवको खेतमा काम गर्ने क्रममा दुर्घटना भई यादवले खुट्टा गुमाउनुपरेको सुनेपछि सांसद प्रधानले त्यत्तिबेला नै उहाँलाई कृत्रिम खुट्टा सहयोग गर्ने वचन दिनुभएको थियो । मानवीय सेवाको भावनाले सानो सहयोग स्वरुप रु एक लाख दश हजारको एक थान कृत्रिम खुट्टा सहयोग गरेको सांसद प्रधानले बताउनुभयो ।
वैशाखीको सहारामा जीवन विताईरहनुभएका यादव कृत्रिम खुट्टा पाएपछि खुशी हुनुभएको छ । गत वर्ष प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन नजिकिँदै गर्दा घरदैलो सकेर गहुँ छर्न खेतमा गएका यादवको खुट्टामा अचानक रोटा बेटर परेको थियो । उपचारको क्रममा घुँडादेखि तलको भाग काटेर फाल्नुपरेपछि उहाँ वैशाखीको सहारा लिन पुग्नुभयो । ४४ वर्षीय यादव आठ महिनापछि कृत्रिम खुट्टाको सहारामा हिँड्डुल गर्न पाउँदा निकै खुशी देखिनुभयो ।

D2

प्राकृत्तिक खुट्टा जत्तिकै सहज नभएपनि कृत्रिम खुट्टाको सहायताले हिँड्न पाउँदा आफ्नो खुशी फेरि फर्केर आएको उहाँको भनाई थियो । “मामा(सांसद प्रधान)को सहयोगले मैले नयाँ जीवन पाएको महशुस गरेको छु,उहाँ प्रति धेरै आभारी छु”, यादवले भन्नुभयो । यादव कृषि कर्म गर्दै जीवन चलाईरहनुभएको थियो । दुर्घटनापछि खुट्टा गुमाउनुपर्दा परिवारमा आर्थिक संकट उत्पन्न भएको उहाँले बताउनुभयो । आमाबुबासँगै एक श्रीमती र दुई छोरालाई पाल्दै आउनुभएका यादवले कृत्रिम खुट्टा आफ्नो लागि बरदान सावित भएको बताउनुभयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस