२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

प्रतापपुरको सूर्यपुरामा एक व्यक्ति मृत फेला

२०८० श्रावण २९, सोमबार प्रकाशित ( साल अघि) ६९१ पाठक संख्या

परासी,२९ साउन । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका-७ सूर्यपुरामा एक पुरुष मृत फेला परेका छन् । स्थानीय दुर्गा मन्दिरको प्रतिक्षालयमा मृत फेला परेका अन्दाजी ६५ वर्षीय पुरुषको पहिचान भने खुलेको छैन् ।
मृत फेला परेका व्यक्ति माग्दै हिँड्ने भारतीय नागरिक रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी भोजराज पाण्डेले जानकारी दिनुभयो ।

मृत्तकको शरिरमा बाहिरी घाउ चोटपटक तथा शंकास्पद नदेखिएको उहाँले बताउनुभयो । विगत ६/७ दिनदेखि सोही मन्दिरमा बस्दै आएका उनको मृत्युको कारणबारे अनुसन्धान भईरहेको डिएसपी पाण्डेले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस