२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

रामग्रामको १२ नम्बर वडा कार्यालयमा चोरी

२०८० श्रावण २८, आईतबार प्रकाशित ( साल अघि) ११२८ पाठक संख्या

परासी, २८ साउन । सशस्त्र प्रहरी पोष्टको नजिकै रहेको पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं.१२ को वडा कार्यालयमा चोरी भएको छ । चोरले कार्यालयको ताला फुटाएर सीसीटिभीको मनिटर र डिभाईस चोरेर लगेको वडा अध्यक्ष लोकबहादुर चौधरीले जानकारी दिनुभयो ।
चोरले वडा अध्यक्ष चौधरी र वडा सचिव ललिता पाण्डेको कार्यकक्षको ताला फुटाएर कार्यालयमा रहेका महत्वपर्ण कागजपत्रहरु खोजतलास गरेको देखिएको उहाँले बताउनुभयो । मूख्य च्यानल गेटका ताला फोडिएको छैन् । चोर पछाडि वा छतबाट पसेको हुन सक्ने वडा कार्यालयले जनाएको छ ।
शनिबारको विदा पछि आज विहान कार्यालय खोल्ने क्रममा वडा कार्यालयमा चोरी भएको जानकारी आएको आएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी डिएसपी भोजराज पाण्डेले जानकारी दिनुभयो । चोरले कार्यालयमा कागजपत्रहरु खोजतलास गरेको देखिएपनि सीसीटिभीको मनिटर र रेर्कड डिभाईस मात्र चोरेको उहाँले बताउनुभयो । चोरी गर्ने व्यक्तिको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%१%१%३%

प्रतिक्रिया दिनुहोस