२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

नेपाल प्रहरी श्रीमती संघको ३९ औँ वार्षिकोत्सवको अवसरमा परासीमा रक्तदान कार्यक्रम सम्पन्न

२०८० श्रावण २८, आईतबार प्रकाशित ( साल अघि) ४४९ पाठक संख्या

परासी, २८ साउन । नेपाल प्रहरी श्रीमती संघको ३९ औँ वार्षिकोत्सवको अवसरमा जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाली रेडक्रस सोसाईटी जिल्ला शाखाको प्राविधिक सहयोग तथा जिल्ला प्रहरी कार्यालय परासीको आयोजनामा कार्यालय परिसरमा आयोजित रक्तदान कार्यक्रममा प्रहरी अधिकृत तथा जवानहरुले रक्तदान गरेका थिए ।
प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेसहित जिल्ला प्रहरी कार्यालय र मातहतका कार्यालयमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरुले रक्तदान गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रमुख प्रहरी उपरीक्षक काजी कुमार आचार्यले जानकारी दिनुभयो । नेपाल प्रहरी श्रीमती संघले आफ्नो वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायीत्व बहन गर्दै रक्तदान जस्तो पुण्य कार्य गरेको बताउँदै प्रहरी उपरीक्षक आचार्यले रक्तदान गर्ने सबैमा धन्यवाद व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रहरी उपरीक्षक आचार्य, प्रनाउ भोजराज पाण्डे, अन्य प्रहरी अधिकृतहरु, नेपाल रेडक्रस सोसाईटी, पृथ्वीचन्द्र अस्पतालका प्रतिनिधि एवं पत्रकारहरुको पनि सहभागिता रहेको कार्यालयका सूचना अधिकारी डिएसपी पाण्डेले बताउनुभयो ।

Po2

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस