२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

मधेसका मुद्दामा अग्रपंक्तिमा आवाज उठाउने मै हो : रबी लामिछाने

२०८० श्रावण २७, शनिबार प्रकाशित ( साल अघि) ४०६ पाठक संख्या

मोहन पौडेल
परासी, २७ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रबी लामिछानेले आफू मधेसको अधिकारका लागि सबैभन्दा बढी लडेको दाबी गर्नुभएको छ । उहाँले उखु किसान, मिटरव्याज लगायत मधेसका मुद्दामा अग्रपंिक्तमा रहेर आवाज उठाउँदै आएको बताउनुभयो ।
रास्वपाले आज पश्चिम नवलपरासीको बर्दघाटमा आयोजना गरेको क्षेत्रीय भेलालाई सम्बोधन गर्दै सभापति लामिछानेले सुस्ताको समस्या समाधानका लागि पहल गरिरहेको जिकिर गर्नुभयो । लामिछानेले जनतासँग गरेको वाचालाई पूरा गरेर छोड्ने बताउनुभयो । नेपाली जनताले चाहेमा परिवर्तन सम्भव रहेको उहाँको भनाई थियो ।
आफ्नो निर्वाचन क्षेत्रमा शुरु गरोको ब्लु बस, मोवाइल क्लिनिकको विषयमा स्पष्ट पार्दै लामिछानले नयाँ राजनीतिक दल भएकोले केही गरेर देखाउने हुटहुटीका बीच काम गर्ने क्रममा केही प्रक्रियागत त्रुटि भएको भएको स्वीकार गर्दै सहि नियतका साथ जनताको काममा अघि बढेको उहाँले टिप्पण्ी गर्नुभयो ।
“नेपाली जनताले गुणस्तरीय शिक्षा प्राप्त गर्ने सपनालाई पूरा गरेर छोड्छौँ, स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेका छौँ, राम्रो काम गर्न खोज्दा हामीलाई धेरै दुःख दिईएको छ तर पनि हामीलाई जति गाली गरिन्छ, जति आलोचना गरिन्छ, त्यत्ति नै राम्रो काम गरेर देखाईन्छ”, उहाँले भन्नुभयो ।
उहाँले रास्वपालाई विभाजन गर्न पार्टी भित्र विवाद रहेको भन्दै हल्ला फिँजाईएकोप्रति असन्तुष्टि व्यक्त गर्दै पार्टी भित्र कुनै फुट नभएको र आन्तरिक लोकतन्त्र बलियो रहेको दाबी गर्नुभयो । उहाँले कुनै पदको लोभमा रास्वपामा नलाग्न पनि आग्रह गर्नुभयो ।

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%

प्रतिक्रिया दिनुहोस