२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

आँखा पाक्ने र लम्पि स्किन रोगको रोकथाम गर्न नागरिक समाज परासीद्धारा तीनै तहका सरकारको ध्यानाकर्षण

२०८० श्रावण २४, बुधबार प्रकाशित ( साल अघि) ४४२ पाठक संख्या

परासी, २४ साउन । देशैभरी फैलिएको आँखा पाक्ने रोग र लम्पी स्किन रोगको प्रभावकारी रोकथाम गर्न नागरिक समाज पश्चिम नवलपरासीले तीनै तहका सरकारसँग माग गरेको छ । केही समयदेखि मानिसमा आँखा पाक्ने रोग र गाईभैँसीमा लम्पी स्किन रोगको संक्रमण फैलिदैँ गएको र यसले महामारीको रुप लिन सक्ने भन्दै नागरिक समाजले आज तीनै तहका सरकारलाई ज्ञापनपत्र मार्फत रोकथामको पहल गर्न ध्यानाकर्षण गराएको हो ।
नागरिक समाजका जिल्ला अध्यक्ष राधेश्याम सिंह सैथवारको नेतृत्वमा गएको टोलीले जिल्ला प्रशासन कार्यालय मार्फत संघीय सरकार र प्रदेश सरकारलाई तथा जिल्ला समन्वय समिति मार्फत जिल्लाका स्थानीय सरकारलाई आँखा पाक्ने रोग र लम्पि स्किन रोगको नियन्त्रणमा प्रभवकारी कदम चाल्न ध्यानाकर्षण गराएको हो ।
ज्ञापनपत्रमा भनिएको छ, “पश्चिम नवलपरासी जिल्लाभर आँखा पाक्ने रोगको संक्रमण फैलिएको छ , धेरै ठाउँमा प्रकोपको रुपमा संक्रमण फैलिरहेकाले महामारी फैलिन सक्ने खतरा बढेको छ, तर संघीय सरकार, प्रदेश सरकार र जिल्लास्थित स्थानीय सरकारबाट यस रोगलाई समयमै नियन्त्रण गर्न प्रभावकारी कदम चालिएको छैन्, केही स्थानीय तहले तदारुक्ता देखाएपनि त्यो पर्याप्त छैन् ।”
नागरिक समाजले आँखा पाक्ने रोगलाई महामारीको रुपमा फैलिन नदिन आवश्यक जनचेतना,औषधी उपचार तथा अन्य आवश्यक उपायका लागि जिल्लाका सातै स्थानीय सरकारबाट तत्काल कदम चाल्नुपर्ने जरुरी देखिएको बताउँदै यसका लागि आवश्यक समन्वय गरिदिन जिल्ला समन्वय समितिलाई आग्रह गरेको छ ।
यस्तै केही समयदेखि गाईभैँसीमा देखिएको लम्पी स्किन रोगको नियन्त्रणमा समेत तीनै तहका सरकार गम्भीर नदेखिएको नागरिक समाजका अध्यक्ष सैथवारले बताउनुभयो । लम्पी स्किन रोगका कारण गाईभैँसीहरु धमाधम मर्दा पशुपालक कृषक मारमा पर्नुका साथै दुध उत्पादन पनि घट्दै गएकोले तत्काल औषधी र खोप प्रभावकारी बनाउन नागरिक समाजले जोडदार माग गरेको छ । यस रोगका कारण किसानले ठूलो क्षति व्यहोर्नुपरेकोले क्षति व्यहोरर्नुपरेका किसानलाई तत्काल राहत उपलब्ध गराउन समेत नागरिक समाजले तीनै तहका सरकारको ध्षानाकर्षण गरेको नागरिक समाजकी सचिव विष्णु थापाले बताउनुभयो ।
ज्ञापनपत्र बुझ्दै जिल्ला समन्वय समितिका प्रमुख भगौती यादवले नागरिक समाजबाट महत्वपूर्ण सवाल उठान भएको बताउँदै सातै स्थानीय तहलाई पत्राचार गरेर दुवै रोगको प्रभावकारी नियन्त्रणको पहल गर्न आग्रह गर्ने बताउनुभयो । यस्तै सहायक प्रमुख जिल्ला अधिकारी प्रकाश देवकोटाले प्रधानमन्त्री र मुख्यन्त्रीलाई नागरिक समाजको ध्यानाकर्षण पत्रबारे जानकारी गराउने बताउनुभयो ।

Ppp

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस