२०८१ मंसिर ९, आईतबार
24 खबर अपडेट

२१ औँ स्थापना दिवसमा जिसनद्धारा बुद्धमंगल ताल क्षेत्रमा सिमेन्टेड बेन्च हस्तान्तरण

२०८० श्रावण २२, सोमबार प्रकाशित ( साल अघि) ४५६ पाठक संख्या

परासी, २२ साउन । शैक्षिक ऐक्यबद्धताको समूह (जिसन) नवलपरासीले बुद्धमंगल ताल क्षेत्रका लागि सिमेन्टेट बेन्च हस्तान्तरण गरेको छ । जिसनले आज आफ्नो २१ औँ स्थापना दिवसको क्रममा बुद्धमंगल तालमा घुम्न आउने पर्यटकलाई लक्षित गरि ताल व्यवस्थपन समितिलाई चार वटा बेन्च हस्तान्तरण गरेको हो ।
जिसनले आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्दै पर्यटकीय स्थलको पनि विकासमा टेवा पुर्याउन सिमेन्टबाट बनाईएका चार वटा वेन्च सहयोग गरेको अध्यक्ष डम्बर गुरुङ्गले जानकारी दिनुभयो । कार्यक्रममा शुभकामना व्यक्त गर्दै जिसनका निवर्तमान अध्यक्ष एव प्रमुख सल्लाहकार सन्तोष रौनियारले स्थानीय स्तरमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले जिसनले आफ्नो सामाजिक उत्तरदायित्व बहन गरेको बताउनुभयो ।
भगवान् गौतम बुद्धसँग जोडिएको प्राचीन बुद्धमंगल तालसहित जिल्लामा रहेका अन्य ऐतिहासिक तथा पर्यटकीय स्थ्लको प्रचारप्रसार तथा पर्यटन प्रवद्र्धनका लागि आगामी दिनमा विद्यार्थी, अभिभावक, विद्यालय सञ्चालक लगायतलाई भ्रमण तथा वनभोजका माध्यमबाट प्रवद्र्धनमा सहयोग गर्ने उहाँले बताउनुभयो ।
बर्दघाट नगरपालिका वडा न १२ का वडा अध्यक्ष उमाशकर चौधरी र वडा नम्बर १३ का वडा अध्यक्ष नर बहादुर चौधरीले बुद्धमगल तालको ऐतिहासिकता र महत्वबारे जानकारी गराउँदै यस स्थलको विकास र आन्तरिक पर्यटन प्रर्वद्धनमा सहयोग गर्न आग्रह गर्नुभएको थियो ।
यस्तै जिसनका पूर्व अध्यक्ष एवं सल्लाहकार इन्द्र बहादुर गुरुङ्गले जिसनले शैक्षिक सँगै सामाजिक उत्तरदायित्व बहन गर्दै विभिन्न सामाजिक कामहरु गरिरहेको बताउँदै आगामी दिनमा बुद्धमंगल तालको सरक्षणमा स्थानीय सरकारसँग मिलेर अघि बढ्ने बताउनु भयो ।
उक्त अवसरमा जिसनका पूर्व अध्यक्ष एवं सल्लाहकार यमबहादुर थापा, जिसनका वरिष्ठ उपाध्यक्ष थमन शेरचन, सचिव यज्ञप्रसाद न्यौपाने, बुद्धमंगल ताल सरक्षण समितिका अध्यक्ष जय बल्लभ पाठक, बुद्धमंगल ताल महिला जागृति बन उपभोक्त समितिकी अध्यक्ष गोमा खाती लगायतले बोल्दै जिसनले बुद्धमंगल तालमा पर्यटन प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेलेको बताउनुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस