२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

नवलपरासीको बर्दघाटमा दुई समूहबीच कुटपिट हुँदा ६ घाईते, एक पक्राउ

२०८० श्रावण २१, आईतबार प्रकाशित ( साल अघि) २९७२ पाठक संख्या

मोहन पौडेल
परासी, २१ साउन । होटल अगाडि स्कुटरको एक्सिलेटर धेरै लिई वातावरण दुषित गरेको विषयमा दुई समूहबीच आपसी विवाद भई कुटपिट हुँदा पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–५ बण्डाखोलामा ६ जना घाईते भएका छन् । घटनामा संलग्न एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बण्डाखोलास्थित दरबार होमस्टे अगाडि स्कुटरमा आएका चार जनाको समूहले स्कुटरको एक्सिलेटर धेरै लिएर वातावरण प्रदुषित बनाएको निउँमा होटल सञ्चालक र स्कुटरमा सवार पक्षबीच आपसी विवाद भई कुटपिट हुँदा दुवै पक्षका व्यक्तिहरु घाईते भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी डिएसपी भोजराज पाण्डेले जानकारी दिनुभयो ।
लु ६६ प ४५१९ नम्बरको स्कुटर पक्षले होटल अगाडि धेरै एक्सिलेटर लिएर वातावरण प्रदुषित बनाएपछि होटल पक्षले सम्झाउन खोज्दा विवाद भई दुई पक्षबीच कुटपिट भएको प्रहरीले जनाएको छ । कुटपिटबाट घाईते हुनेमा स्कुटर पक्षतर्फ बर्दघाट–१२ दबिल्लाका १९ वर्षीय रमेश परियार,सोही ठाउँका १६ वर्षीय आरेन मल्ल,२२ वर्षीय किरण मगर रहेका छन् भने होटल सञ्चालक पक्षतर्फ बर्दघाट–४ का ३० वर्षीय सन्दिप भण्डारी,सोही ठाउँका ४२ वर्षीय राजेश कँहार र होमस्टे सञ्चालक ५२ वर्षीय भीम भण्डारी रहेको डिएसपी पाण्डेले बताउनुभयो । घटनामा संलग्न रहेको आरोपमा घाईते हुनबाट बचेका स्कुटर पक्षका १६ वर्षीय सुरज थापालाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।
स्कुटर पक्षका घाईते तीनै जनाको टाउको चोट लागेको र अवस्था सामान्य रहेको डिएसपी पाण्डेले बताउनुभयो ।होटल सञ्चालक पक्षतर्फ घाईते मध्ये सन्दिपको घुँडा र टाउको,राजेशको दाईने पाखुरा र भीमको बाँया छातीमा चोट लागेको छ । घाईतेहरुको चिसापानी अस्पतालमा उपचार भईरहेको छ भने होटल सञ्चालक पक्षका राजेश कँहारलाई थप उपचारको लागि बुटवल रिफर गरिएको प्रहरीले जनाएको छ ।
घटना आज दिउँसो साढे एक बजेको हो । घटनास्थलबाट सानो चक्कु,मासु काट्ने दाउ प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त हतियार को कस्ले लिएको भन्ने खुलेको छैन् । घटनाको विषयमा थप अनुसन्धान तथा नियन्त्रणमा लिएका थापासँग आवश्यक सोधपुछको कार्य भईरहेको डिएसपी पाण्डेले जानकारी दिनुभयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%४%१%४%४%

प्रतिक्रिया दिनुहोस