२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

आदिवासी जनजाती महासंघद्धारा प्रतापपुरमा रक्तदान कार्यक्रम,३० जनाले गरे रक्तदान

२०८० श्रावण २०, शनिबार प्रकाशित ( साल अघि) ५२० पाठक संख्या

मोहन पौडेल
परासी, २० साउन । नेपाल आदिवासी जनजाती महासंघ पश्चिम नवलपरासीको आयोजनामा आज प्रतापपुर गाउँपालिका वडा नं.९ स्थित बेलाटारीमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । २९ औँ विश्व आदिवासी जनजाती दिवसको अवसर पारेर महासंघले रक्तदान कार्यक्रम गरेको हो ।
कार्यक्रममा ३० जनाले रक्तदान गरेको महासंघका जिल्ला सचिव देवान गुरुङ्गले जानकारी दिनुभयो । नेपाल आदिवासी जनजाती महासंघकी जिल्ला अध्यक्ष तारा रानाको अध्यक्षता तथा प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा पालिका अध्यक्ष यादवले ग्रामीण क्षेत्रमा आएर रक्तदान कार्यक्रम गरेको भन्दै खुशी व्यक्त गर्नुभयो ।
पछिल्लो समय रगतको अभाव भईरहेकोले रगतको अभावले कसैले पनि ज्यान गुमाउन नपरोस् भनेर रक्तदान कार्यक्रम गरिएको अध्यक्ष रानाले जानकारी दिनुभयो । उक्त अवसरमा महासंघका निवर्तमान अध्यक्ष देवराज चौधरी, निवर्तमान सचिव मनबहादुर थापा,प्रतापपुरका जनप्रनिनिधिहरु तथा स्थानीयहरुको सहभागिता रहेको थियो ।
विश्व आदिवासी जनजाती दिवसको अवसरमा महासंघले विभिन्न कार्यक्तम गरिरहेको छ । यसअघि साउन १८ गते परासीमा पत्रकार सम्मेलन तथा पृथ्वीचन्द्र अस्पतालका बिरामीलाई फलफूल वितरण गरेको थियो भने अब साउन २२ गते बर्दघाटमा वृक्षारोपण र साउन २४ गते बर्दघाटमै विश्व आदिवासी जनजाती दिवस मनाउने सचिव गुरुङ्गले जानकारी दिनुभयो । महासंघले पहिचान र अधिकार प्राप्तिका लागि उठान गर्दै आएका मागहरु सम्बोधन नभएको भन्दै यसपटक पनि आन्दोलनकै रुपमा दिवस मनाएको जनाएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस