२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

कक्षा कोठा अभाव भएपछि त्रिभुवन मावि बेलाटारीमा ११ र १२ को पठनपाठन सुचारु हुन सकेन्

२०८० श्रावण २०, शनिबार प्रकाशित ( साल अघि) ३७९ पाठक संख्या

परासी,२० साउन । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं.९ स्थित बेलाटारीमा रहेको त्रिभुवन माविमा कक्षा ११ र १२ को पठनपाठन सञ्चालनमा कठिनाई भएको छ। यतिबेला कक्षा ११ को कक्षा शुरु भईसक्नुपर्ने भएपनि कक्षा कोठा अभाव भएपछि कक्षा सञ्चालन नै गर्न नसकिएको विद्यालयले जनाएको छ ।
कक्षा ११ र १२ को कक्षा दिवा सेवामा सञ्चालन गर्नुपर्ने भएकोले कक्षा कोठाको अभाव देखिएको हो । दिवा सत्रमा अन्य कक्षाहरु पनि सञ्चालन हुने भएकोले कक्षा ११ र १२ लाई कोठा अभाव देखिएको विद्यालयका प्रधानाध्यापक नारद ठाकुरले दैनिक24 खबरलाई बताउनुभयो । दुवै कक्षामा गरि करिब ६ सय विद्यार्थी रहेको र आठ वटा कक्षा आवश्यक रहेको उहाँले बताउनुभयो। कक्षा कोठा थपका लागि नयाँ भवन निर्माणाधिन रहेको र यो सम्पन्न हुन कम्तिमा ६ महिना लाग्ने उहाँले बताउनुभयो ।
नयाँ भवन निर्माण सम्पन्न नहुँदा सम्म त्रिभुवन क्याम्पसलाई कोठा उपलब्ध गराउन आग्रह गरेपनि क्याम्पसले नदिएको प्रअ ठाकुरको भनाई छ । उक्त विद्यालयमा कक्षा ११ मा अध्ययनका लागि शुक्रबार २ सय ३७ जनाले प्रवेश परीषा उत्र्तिण गरेका छन् भने कक्षा १२ मा ३ सय ५८ जना विद्यार्थी अध्ययन गर्ने ठाकुरले बताउनुभयो ।
कक्षा ११ र १२ को पठनपाठनमा समस्या भएपछि शुक्रबार अभिभावक भेला गरिएको छ । अभिभावक भेलाले त्रिभुवन क्याम्पसकै कोठा प्रयोग गरि पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको प्रअ ठाकुले बताउनुभयो । यता त्रिभुवन क्याम्पस बेलाटारी अहिले क्युएए प्रक्रियामा रहेको हँुदा क्याम्पसको भवन कुनै पनि हालतले विद्यालयलाई प्रयोग गर्न दिन नमिल्ने क्याम्पस सञ्चालन समितिका अध्यक्ष अमुल पाण्डेले बताउनुभयो । क्याम्पसमा त्रिभुवन विश्वविद्यालय बाहेकका अन्य कुनै पनि कक्षाहरु सञ्चालन गर्न नमिल्ने बताउँदै उहाँले क्युएएलाई अवरोध गर्नका लागि यो विषय अगाडी ल्याइएको दाबी गर्नुभयो ।
प्रतापपुर गाउँपालिका अध्यक्ष उमेश चन्द्र यादवले भने कोही कसैको व्यक्तिगत स्वार्थको कारणले विद्यार्थीको पठनपाठनमा अवरुद्ध हुन नपाउने बताउनुहुन्छ । यादवले भन्नुभयो, ‘विद्यार्थीलाई शिक्षा दिने र पठनपाठन गराउने विषयमा पालिकाले कठोर तथा निर्मम निणर्य लिन सकिनेछ ।’ पालिकाले क्याम्पसलाई १०–४ को लागि कक्षा कोठा उपलब्ध गराउन भन्दै पत्र काट्दा समेत क्याम्पसमा कक्षा ११÷१२ सञ्चालन भए क्याम्पसले क्युएए नआउने भन्दै गैर जिम्मेवारी अभिव्यक्ति दिएको बताउँदै यादवले शिक्षा क्षेत्रमा जिम्मेवारीका साथ प्रस्तुत हुन र विद्यार्थीको शिक्षा हासिल गर्न पाउने अधिकारलाई सुनिश्चित गर्न पालिका कठोर भएर अगाडि बढ्ने बताउनुभयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस