२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

भूमहीस्थित हाटबजारमा अनुगमन : नापतौलमा ठगी,दर्ता बिनाका पसल छ्यापछ्प्ती

२०८० श्रावण १९, शुक्रबार प्रकाशित ( साल अघि) ५९१ पाठक संख्या

मोहन पौडेल
परासी, १९ साउन । पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१२ भूमहीस्थित साप्ताहिक हाटबजारमा अनुगमन गरिएको छ । सुनवल नगरपालिकाको नेतृत्वमा उद्योग वाणिज्य संघ, उपभोक्ता हित संरक्षण मञ्च,बजार व्यवस्थापन समिति,सुरक्षानिकाय लगायतका प्रतिनिधिको सहभागितामा विहीबार संयुक्त बजार अनुगमन गरिएको हो ।
अनुगमनको क्रममा दर्ता बिनै व्यवसाय सञ्चालन गरेको,कम तौलका नापयन्त्र प्रयोगमा रहेको,अव्यवस्थित रुपमा माछा मासु पसल सञ्चालन गरिरहेको,भारतबाट आयात गरिएको तरकारी महंगोमा बिक्री वितरण भईरहेको,स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाईएको, म्याद गुज्रेका अखाद्य वस्तुहरु विक्री गरिरहेको भेटिएको सुनवल नगरपालिकाकी बजार अनुगमन संयोजक सीता तिमिल्सिनाले जानकारी दिनुभयो ।
हाटबजारमा व्यवसायीले प्रयोग गरेका पूराना ढकहरुमा दश ग्रामदेखि १०० ग्रामसम्म कम तौल भेटिएपछि त्यस्ता ढकहरु बरामद गरिएको छ भने डिजिटल तराजुहरु पनि गुणस्तर तथा नापतौल कार्यालयबाट प्रमाणित गरेर मात्र प्रयोग गर्न भनिएको उहाँले बताउनुभयो । म्याद ग्रुजेका अखाद्य वस्तुहरु पनि जफत गरि नष्ट गरिएको छ । अनुगमन समितिले माछा पसललाई व्यवस्थित रुपमा सञ्चालन गर्न निर्देशन दिएको छ । अनुगमन समितिले दर्ता नगरि सञ्चालनमा रहेका पसलहरुलाई अनिवार्य दर्ता गर्न निर्देशन दिँदै अटेरी गरेमा कारवाही गर्ने चेतावनी दिएको छ ।
हाटबजारमा बिक्रीका लागि भारतबाट ल्याईएका हरियो तरकारीमा मूल्यमा एकरुपता नहुनुका साथै महंगो रकम लिई अनियमितता गरेको पाईएको रामनगर बजार व्यवस्थापन समितिका अध्यक्ष युवराज भुसालले बताउनुभयो। भन्सारमा सय रुपैँया भन्दा बढीको सामान ल्याउँदा अनिवार्य भन्सार तिर्नुपर्ने नियम लागू भएपनि अवैद्य रुपमा भारतीय तरकारी तथा अन्य अखाद्य वस्तुहरु ल्याएर हाट बजारमा विक्री वितरण भईरहेको भन्दै स्थानीय व्यवसायीहरुले आपत्ति जनाएका छन् ।
अनुगमनको क्रममा नापीतौलमा ठगी भइरहेको, दर्ता बिनै व्यवसाय सञ्चालन गर्दा दर्ता गरि सञ्चालनमा रहेका व्यवसायी मर्कामा परेको,कतिपय नगरपालिकामा दर्ता भएका तर आन्तरिक राजस्व कार्यालयबाट स्थायी लेखा नम्बर नलिएका, मिठाई पसलमा स्वास्थ्य सुरक्षा तथा सरसफाइको कमी देखिएको भुसालले जानकारी दिनुभयो अनुगमन समितिले सबै व्यवसायीलाई मादपण्ड अनुसार व्यवसाय सञ्चालन गर्न सुझाव दिएको छ । बजार व्यवस्थापन समितिले यसअघि पनि त्यहाँका व्यवसायीलाई सचेत गराएपनि अटेरी गरेको पाईएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%१%१%

प्रतिक्रिया दिनुहोस