२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

आँखा पाक्ने रोग नियन्त्रणका लागि पाल्हीनन्दनका सबै स्वास्थ्य संस्थाबाट निःशुल्क औषधी वितरण

२०८० श्रावण १८, बिहिबार प्रकाशित ( साल अघि) १६४३ पाठक संख्या

परासी, १८ साउन । आँखा पाक्ने रोग समुदायमा फैलिन नदिन पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाले पूर्वतयारी थालेको छ । जिल्लाका विभिन्न स्थानमा आँखा पाक्ने रोग प्रकोपको रुपमा फैलिन थालेपछि गाउँपालिकामा पनि यसको सम्भावना भएकोले पूर्वतयारीमा जुटेको पाल्हीनन्दन गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले पालिका भित्रका सबै स्वास्थ्य संस्थाबाट निःशुल्क रुपमा आँखाको औषधी उपलब्ध गराउने निर्णय गरेको पालिका अध्यक्ष बैजुप्रसाद गुप्ता(दीपक)ले बताउनुभयो । “तराईका जिल्लामा व्यापक रुपमा फैलिएको आँखा पाक्ने रोग हाम्रो पालिकामा पनि फैलिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै हामीले त्यसको समयमै नियन्त्रण गर्न जुटिसकेका छौँ, जनप्रतिनिधि र कर्मचारीको बैठक बसेर औषधी व्यवस्थापन गर्ने निर्णय भएको छ”, उहाँले भन्नुभयो ।
आँखाको समस्या देखिएका नागरिकलाई आआफ्नो पायक पर्ने स्वास्थ्य संस्थामा सम्पर्क गर्न गाउँपालिका अध्यक्ष गुप्ताले आग्रह गर्नुभएको छ । पालिकाले सबै स्वास्थ्य संस्थामा आँखाको औषधी उपलब्ध गराएको अध्यक्ष गुप्ताले बताउनुभयो । आँखा पाक्ने रोगबाट बढी विद्यार्थी प्रभावित भएका छन् ।
बर्खाको समयमा सक्रिय हुने एडिनो भाइरस हावामा लामो समयसम्म बाँच्ने भएकाले आँखा पाक्ने रोगको सङ्क्रमण बढी हुने विज्ञहरू बताउँछन् । आँखा रातो हुने, चिलाउने वा चिपचिप गर्ने बित्तिकै आफूखुशी औषधी किनेर लगाउँदा आँखामा जटिल समस्या आउने भएकाले स्वास्थ्यकर्मीको सुझावविना औषधि प्रयोग नगर्न पनि चिकित्सकले आग्रह गरेका छन् ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस