२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

पिस पार्क जाने बाटोमा राखियो संकेत बोर्ड

२०८० श्रावण १६, मंगलबार प्रकाशित ( साल अघि) ८०० पाठक संख्या

परासी, १६ साउन । पश्चिम नवलपरासीको रामग्राम–८ उनवछमा अवस्थित पीस पार्कमा आकर्षण बढ्न थालेको छ । पार्कमा भ्रमणमा जाने अवलोकर्ताको सहजताका लागि पार्क जाने बाटोमा संकेत बोर्ड राखिएको छ ।
हालै सञ्चालनमा आएको पीस पार्क अवलोकनका लागि आउने पर्यटकलाई पार्कसम्म पुग्न सहज गराउने उद्देश्यले पार्क जाने बाटोमा संकेत बोर्ड स्थापना गरिएको हो । गत साउन १ गतेबाट सञ्चालनमा आएको पीस पार्कको सञ्चालन तथा व्यवस्थापन पीस क्लब ईण्टरनेशनल परासीले गर्दै आएको छ । उक्त पार्क घुम्न जानेहरुलाई सहज बनाउन हुलाकी सडक अन्तरगत उनवछ चोक र उनवछ गाउँबाट पार्क जाने चोक गरी दुई ठाउँमा संकेत बोर्ड राखिएको क्लवका अध्यक्ष शम्भु उपाध्यायले जानकारी दिनुभयो ।
पीस पार्क सञ्चालनमा आएसँगै उक्त पार्क अवालेकन गर्नेको संख्या बढ्दै गएको उहाँले बताउनुभयो । परासी क्षेत्रमा शान्त र एकान्तमा रमाउन चाहनेका लागि कुनै पार्क नभएको बेला उनवछमा पीस पार्क सञ्चालनमा आएपछि यहाँ आकर्षण बढ्दो छ । वडा नं. ८ को लगानी र पीस क्लवको व्यवस्थापनमा उनवछस्थित लोहसडा आधारभूत विद्यालयले वृक्षारोपण गरेको क्षेत्रलाई पार्कमा रुपान्तरण गरिएको हो ।
साउन १ गते वडा अध्यक्ष महेन्द्र ठाकूरले उद्घाटन गरेसँगै यस क्षेत्रका प्रदेशसभा सदस्य बैजनाथ जयसवाल,नगर प्रमुख धनपत यादवले पार्कको अवलोकन गर्दै आवश्यक पूर्वाधार व्यवस्थापनका लागि पहल गर्ने बताउनुभएको क्लवका महासचिव बेचु गौडले जानकारी दिनुभयो ।
बृक्षारोपण गरिएको पाँच विघा मध्ये हाल केही क्षेत्रको झाडी सफाइ,ब्लकको पैदलमार्ग, रुख विरुवा रंगरोगन तथा सिमेन्टका बेन्चहरु राखेर पार्क सञ्चालनमा ल्याईएको छ । पार्क सञ्चालनमा आएसँगै यस क्षेत्रका नागरिक घुम्न आउनेक्रम बढेको महासचिव गौडले बताउनुभयो ।

P2

 

P3

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%३%१%

प्रतिक्रिया दिनुहोस