२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

भुजहवाको मोहिनी सुगर मिलले उखुको भुक्तानी नदिएको भन्दै उखु कृषकद्धारा सीडीओको ध्यानाकर्षण

२०८० श्रावण ८, सोमबार प्रकाशित ( साल अघि) ४३१ पाठक संख्या

परासी, ८ साउन । पश्चिम नवलपरासीका सरावल गाउँपालिका वडा नं ७ स्थित भुजहवामा रहेको मोहिनी सुगर एण्ट जनरल ईण्ड्रष्टिज प्रालिले उखुको रकम भुक्तानी नगरेको भन्दे कृषकहरुले प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका छन् । उखुको भुक्तानीका लागि पहल गरिदिन माग गर्र्दै कृषकहरुले आज प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्याललाई ज्ञापनपत्र बुझाउँदै उक्त माग गरेका हुन् ।
२०७१ द्येखि बन्द रहेको उक्त मिल गत वर्ष सञ्चालनमा आएको थियो । कृषकहरुसँग २०७१ र २०७९ मा मिल सञ्चालनको क्रममा मिलले खरिद गरेको उखुको भुक्तनी गर्न मिलले आलटाल गरेको कृषक जोखन मुराउले बताउनुभयो । उखुप्र दिएको दश दिनमा भुक्तानी गर्ने आश्वासन दिएको मिल प्रशासनले कृषकको वक्यौता हालसम्म भुक्तानी गर्न आनकानी गरिरहेको उहाँले बताउनुभयो ।
उक्त मिल हाल रामग्राम ३ घोडपालीमा बस्दै आएका सञ्जय शर्माले लिएको र उनीसँग रकम माग गर्दा केही दिन पर्खनुस भन्दै आलटाल गरिरहेकोले दिक्क भएर पीडित किसानहरु प्रमुख जिल्ला अधिकारीको शरणमा आएको अर्का कृषक राजेश पासीले गुनासो गर्नुभयो ।
प्रजिअ अर्यालले कृषकलाई मिलले भुक्तानी गर्नुपर्ने यथार्थ रकम खुलाउन आग्रह गर्दै उखुको रकम भुक्तानीका लागि पहल गर्ने बताउनुभएको छ ।

2

 

3

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस