२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

दिब्य शान्ति युवा क्लबद्धारा चित्रकला प्रतियोगिता

२०८० श्रावण ७, आईतबार प्रकाशित ( साल अघि) ३२२ पाठक संख्या

जीवन न्यौपाने
बर्दघाट, ७ साउन । पश्चिम नवलपरासीको बर्दघाटस्थित दिब्य शान्ति युवा क्लबको आयोजनामा चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । क्लबले सन्चालन तथा संरक्षण गर्दै आएको दिब्य शान्ति इको पार्कमा १२ बर्ष सम्मका बालबालिकालाई लक्षित गरि “बाताबरण संरक्षण तथा सरसफाइ“ विषयक चित्रकला प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतियोगितामा ८ वर्षसम्म उमेर समूह र ८ देखि १२ वर्षसम्मको उमेर समूह गरि दुई उमेर समूहमा प्रतिस्पर्धा गराईएको थियो । जसमा पहिलो समूहबाट उत्कृष्ट चित्र कोर्दै प्रथम स्थान ७ बर्षीया स्मृति सुनार, द्धितीय स्थान ८ वर्षीया निमिशा भुसाल र तृतीय स्थान ६ वर्षीया इन्सु थापाले हासिल गर्नुभएको छ । दोस्रो समूहबाट प्रथम स्थान ११ वर्षीया लिजा गुरुङ, द्धितीय स्थान ११ बर्षीय सफल कालिराज र तृतीय स्थान ९ बर्षीया एरिना बन्शीले हासिल गर्नुभएको छ । उत्कृष्ट हुने बालबालिकाहरुलाई पुरस्कार पनि वितरण गरिएको थियो ।
प्रतियोगितामा कूल ५३ जना बालबालिकाको सहभागिता रहेको क्लवका अध्यक्ष खेमबहादुर रानाले जानकारी दिनुभयो । प्रतियोगिताको निर्णायकको रुपमा क्लवका कोषाध्यक्ष आकाश छन्त्याल र कार्यसमिति सदस्य सरस्वती भट्टराई रहनुभएको थियो । समाजसेवी गोपाल सिह रानाको सहयोगमा सहभागी सबै बालबालिकालाई मिठाई वितरण गरिएको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस