२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

सिवाईसी लघुवित्तद्धारा ऋण मिनाहासहित क्रिया खर्च हस्तान्तरण

२०८० श्रावण ५, शुक्रबार प्रकाशित ( साल अघि) ९४१ पाठक संख्या

जीवन न्यौपाने
बर्दघाट,५ साउन । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो एक मृत्तम ऋणी सदस्यको ऋण मिनाहा गर्दै क्रियाखर्च हस्तान्तरण गरेको छ । उक्त संस्थाबाट ऋण लिएकी बर्दघाट नगरपालिका–७ की सुन्दरी चौधरीको मृत्यु पश्चात संस्थाले उहाँले लिएको ऋण मिनाहा गरेको हो ।
स्वर्गीय चौधरीले लिएको ऋण रु एक लाख पचास हजार मध्ये आज सम्म तिरेको साँवा रु ६९ हजार ४५० फिर्ता संस्थाले फिर्ता गरेको छ भने तिर्न बाँकी रहेको रु ८० हजार ५५० पनि मिनाहा गरिएको संस्थाका शाखा प्रबन्धक कौशल पाण्डेले जानकारी दिनुभयो ।
साथै संस्थाले मृत्तक चौधरीको घरमै पुगी आज मृत्तम प्रति श्रद्धान्जली व्यक्त गर्दै मृत्तकका परिवारलाई क्रियाखर्च बापत रु दश हजार समेत हस्तान्तरण गरेको उहाँले बताउनुभयो । बर्दघाट ७ का वडा अध्यक्ष धु्रब थारु, संस्थाका कर्मचारी लगायतको उपस्थितिमा उक्त कार्यक्रम भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
५%३%१%

प्रतिक्रिया दिनुहोस