२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

रोपाईँमा व्यस्त कृषकलाई खेतमै पुगेर व्यक्तिगत सरसफाइबारे सचेतना जगाउँदै रेडक्रसकर्मी

२०८० श्रावण २, मंगलबार प्रकाशित ( साल अघि) १११९ पाठक संख्या

मोहन पौडेल
परासी, २ साउन । पश्चिम नवलपरासीस्थित धान रोपाईमा व्यस्त रहेका कृषकको खेतखेतमै पुगेर व्यक्तिगत सरसफाइबारे सचेतना जगाईएको छ । नेपाल रेडक्रस सोसाईटी नवलपरासीेले आफना सामाजिक परिचालकमार्फत कृषकको खेतमै पुगेर व्यक्तिगत सरसफाइमा ध्यान दिन र स्वास्थ्य सुरक्षामा संवेदनशील हुन सचेत गराएको हो ।
नेपाल रेडक्रस सोसाईटी नवलपरासीद्धारा सञ्चालित बृहत सामुदायिक स्वास्थ्य कार्यक्रम अन्तरगत जिल्लाको रामग्राम नगरपालिका र सरावल गाउँपालिकामा कृषकले खेत रोप्दै गर्दा खाजा खाने समयको सदुपयोग गर्दै सरसफाइबारे सचेतना जगाउने कार्य गरिरहेको बृहत स्वास्थ्य कार्यक्रमका स्वास्थ्य अधिकृत अनुप खड्काले दैनिक 24खबरलाई जानकारी दिनुभयो ।
व्यक्तिगत सरसफाइको कमीले हुन सक्ने विभिन्न प्रकारका रोगहरुबाट बचाई स्वस्थ रहन प्रेरित गर्ने उद्देश्यले यो अभियान सञ्चालन गरिएको हो । यसअघि गाउँटोलमा भेला तथा नागरिकको घरमै पुगेर व्यक्तिगत सरसफाइ तथा स्वास्थ्यबारे सचेत गराउँदै आएकोमा अधिकांश कृषकहरु अहिलेको समयमा गाउँघर भन्दा खेतमा रोपाइमा व्यस्त रहेकोले खेतमै पुगेर सचेतना जगाईएको उहाँले बताउनुभयो ।
”कृषकको खेतमै पुग्दा फरक खालको अनुभूति पनि भईरहेको छ, कृषि कार्य गर्दा धेरै कृषकले व्यक्तिगत सरसफाइमा हेलचेक्राई गरेको पाईन्छ, यसरी सचेतना जगाउँदा समुदायलाई प्रभावकारी रूपमा संलग्न गराउन सहज हुनुका साथै रोपाईको बेला केही समय आराम र खाजाको विश्रामको समयलाई सदुपयोग गर्दै सुरक्षित पिउने पानी, हातधुने र व्यक्तिगत सरसफाइ जस्ता विषयहरूमा सचेत गराउने गरेका छौँ”, उहाँले भन्नुभयो ।
क्यानेडियन रेडक्रसको सहयोगमा नेपाल रेडक्रस सोसाईटीद्धारा सञ्चालित बृहत सामुदायिक स्वास्थ्य कार्यक्रम अन्र्तगत नेपालको ग्रामीण जिल्लामा स्वास्थ्य, सरसफाइलाई प्रवर्द्धन गर्ने उद्देश्यले सामुदायिक स्तरका गतिविधिहरू सञ्चालन भईरहेका छन् । असार महिनामा धान रोप्ने मौसमसँगै समुदायका सदस्यहरू भेला गरी सचेतना जगाउन कठिनाई भएकोले पनि खेतमै पुगेर सचेत गराईको खड्काको भनाई थियो ।
खड्काले भन्नुभयो, “धान रोप्ने कार्यको विश्राम र खाजाको समयमा रेडक्रसका सामाजिक परिचालकको टोलीले सुरक्षित पिउने पानी उपभोग गर्न, कुहिना सम्म हातधुन, नङ् काट्न र व्यक्तिगत स्वच्छता जस्ता महत्वपूर्ण विषयहरुमा सचेतना जगाईरहेका छन्, यसले गर्दा मानिसहरुमा सरसफाइबारे चेतना भई व्यक्तिगत सरसफाइमा ध्यान दिदैँ दैनिक जीवनमा लागू गर्न थालेका छन्, कार्यक्रम निकै प्रभावकारी देखिएको छ”
खेतमै पुगेर सचेत गराउँदा रेडक्रसको टोलीले पनि फरक अनुभव प्राप्त गरेको छ । कृषकले यस कार्यको प्रशंसा गर्दै छलफलमा सक्रिय सहभागिता समेत जनाएको सामाजिक परिचालक उमा गुप्ताले बताउनुभयो। रोपाइको समय नसकिँदासम्म दुवै पालिकामा कृषककै खेतमै पुगेर सचेत गराउने अभियान जारी रहने रेडक्रसले जनाएको छ ।

R3

 

R4

 

R5

 

R6

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%१%

प्रतिक्रिया दिनुहोस