२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

बर्दघाट नगरपालिकाद्धारा शिक्षक दरबन्दी मिलान, २१ शिक्षकको काज सरुवा

२०८० श्रावण १, सोमबार प्रकाशित ( साल अघि) ५५२ पाठक संख्या

प्रकाश न्यौपाने / नारायण भण्डारी
बर्दघाट,१ साउन । बर्दघाट नगरपालिकाले लामो समयदेखी रिक्त रहेका दरन्दी मिलान गरेको छ । सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर सुधार गर्ने भन्दै शिक्षा ऐन संशोधन गरेको नगरपालिकाले २१ जना शिक्षकको दरन्दी मिलान गरी काजमा सरुवा गरेको छ ।

सोमबार बसेको नगर शिक्षा समितिको बैठकले दरबन्दी मिलान हुने शिक्षकहरुको टुंगो लगाई निर्णय गरेको हो ।
कुन शिक्षक कहाँ बाट कहाँ सरुवा भए ?

सोमबार बैठक ढिला सम्पन्न भएकोले मंगलबबार विहान १० बजे सरुवाको पत्र दिईने नगर प्रमुख तथा नगर शिक्षा संयोजक सम्भुलाल श्रेष्ठले बताउनु भयो । उहा भन्नुहुन्छ “ साउन ३ गते सम्म विद्यालय विदा छ ४ गते हाजिर हुँदा सरुवा भएको विद्यालयमा हाजिर गर्ने गरी सरुवा गरिएको छ । ”

लामो समय देखि दरबन्दी मिलानको चर्चा भए पनि यस अघि विभिन्न कारणले कार्यान्वयनमा आउन सकेको थिएन । लामो समयको प्रयास र शिक्षा ऐन संसोधन गरी नगरले दरबन्दी मिलान गरेको छ ।

नगर उपप्रमुख रुद्रप्रकाश उपाध्यायले शिक्षा समितिले ल्याएको दरबन्दी मिलानको प्रस्ताव ठिक रहेको बताउनु भयो । उहाँले नगरको शैक्षिक गुणस्तर सुधार गर्नका लागि सबै पक्षको सहयोग अपरिहार्य रहेको भन्दै सबै पक्ष मिलेर अगाडि बढ्नका लागि आग्रह गर्नु भयो ।

सामाजिक विकास समितिका संयोजक भिमकाजी गुरुङले नगरको शिक्षा सुधारका लागि शिक्षकहरुको ब्यबस्थापन गरिएको बताउनुभयो । उहाले दरबन्दी मिलानले शिक्षामा सकारात्मक परिणाम देखिने अपेक्षा ब्यक्त गर्नु भयो ।

Received_832310011661778

 

दरबन्दी मिलान प्रति शिक्षक महासंघ बर्दघाट नगर अध्यक्ष सभ्यता प्रसाँईले नगरले आफैले बनाएको कार्यबिधि कुल्चेर शिक्षकहरुको सरुवा गरेको बताउनु भयो । उहा भन्नुहुन्छ “ शिक्षा समितिको बैठकमा कुनै पनि आधार, तह, विषय युक्त मैले देखिन त्यसंले हस्ताक्षर नगरी हिँडे ।” प्रसाईले शिक्षा समितिले गरेको निर्णयले कसैलाई न्याय र कसैलाई अन्याय भएको हुँदा निर्णयमा सहमत नभएको बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस