२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

राष्ट्रिय प्रशारण लाईन विस्तारमा भईरहेको ढिलाईप्रति नागरिक समाजको ध्यानाकर्षण

२०८० अषाढ ३०, शनिबार प्रकाशित ( साल अघि) ४११ पाठक संख्या

परासी, ३० असार । राष्ट्रिय प्रशारण लाईन विस्तारमा भईरहेको ढिलाईप्रति नागरिक समाज पश्चिम नवलपरासीले ध्यानाकर्षण भएको बताएको छ । रामग्राम नगरपालिका वडा न.१ मा लामो समयदेखि नेपाल विद्युत प्राधिकरणले लाईन विस्तारमा चासो नदेखाएको भन्दै नागरिक समाजले तत्काल लाईन विस्तारको कामलाई अघि बढाउन माग गरेको हो ।
नागरिक समाजका जिल्ला अध्यक्ष राधेश्याम सिंह सैथवारको नेतृत्वमा गएको नागरिक समाजको टोलीले जिल्ला समन्वय समिति नवलपरासीका प्रमुख भगौती यादवलाई ज्ञापनपत्र बुझाउँदै राष्ट्रिय प्रशारण लाईन विस्तारमा विद्युत प्राधिकरणले गरेको ढिलाईबारे यथार्थ कारण बुझी लाईन विस्तारको कार्यलाई अघि बढाउन आवश्यक समन्वय गरिदिन आग्रह गरेको हो ।
लाईन बिस्तारमा ढिलाई हुँदा परासी क्षेत्रमा पूर्ण भोल्टेजको विद्युत आपूर्तिमा समस्या हुनुका साथै अनियमित रुपमा विद्युत कटौती भईरहेकोले नागरिक समाजको ध्यानाकर्षण भएको अध्यक्ष सैथवारले बताउनुभयो । ध्यानाकर्षण बुझ्दै जिसस प्रमुख यादवले नेपाल विद्युत प्राधिकरणसँग यस विषयमा आवश्यक समन्वय गरी समाधानका लागि पहल गर्ने बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस