२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

पाल्हीनन्दनका २१ जना स्वयमसेविकाहरुलाई नगद र मोबाईलसहित सम्मान

२०८० अषाढ २९, शुक्रबार प्रकाशित ( साल अघि) ५११ पाठक संख्या

मोहन पौडेल/दैनिक24 खबर
परासी,२९ असार । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाले ६० वर्ष उमेर पुगेका महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई सम्मानसहित विदाई गरेको छ । गाउँपालिकाले उमेर हदका कारण अवकाश प्राप्त गरेका २१ जना सामुदायिक महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई आज जनही रु ७० हजार, एक थान मोबाईल र प्रशंसापत्रसहित सम्मान गरेको हो ।
महिला स्वयमसेविकाहरुले लामो समयदेखि गरिरहेको योगदानको उच्च कदर गर्दै र आगामी दिनमा पनि सामाजिक कार्यमा प्रोत्साहन गर्न सम्मान सरिएको गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता(दीपक)ले बताउनुभयो । मातृ मृत्युदर र बाल मृत्युदर घटाउन स्वास्थ्य स्वयमसेविकाहरुको भूमिका महत्वपूर्ण रहेको उहाँले बताउनुभयो । उहाँले आफूले सिकेका अनुभवलाई नयाँ स्वयमसेविकाहरुलाई हस्तान्तरण गर्न आग्रह गर्दै आगामी दिन थप सुखमय होस् भनी कामना गर्नुभयो ।
प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख भगौती यादवले गाउँपालिकाले स्वयमसेविकाहरुलाई गरेको सम्मान प्रशंसनीय रहेको बताउँदै स्वयमसेविकाहरुको योगदान अतुलनीय रहेको बताउनुभयो ।
पाल्हीनन्दन गाउँपालिकालाई पूर्णखोप सुनिश्चित पालिका घोषणाको अवसरमा स्वयमसेविकाहरुलाई सम्मानसहित विदाई गरिएको पालिका उपाध्यक्ष फातिमा खातुन अन्सारीले बताउनुभयो । लामो समयदेखि सेवारत स्वयसेविकाहरुले पालिकाले सम्मान गरेकोमा खुशी व्यक्त गरेका थिए । यस कार्यले स्वयमसेविकाहरुले मनोबल बढेको उनीहरुको भनाई थियो । अवकाश प्राप्त स्वयमसेविकाहरुलाई गाउँपालिकाको तर्फबाट रु ५० हजार र एक थान मोबाईल तथा प्रशंसा पत्र र प्रदेश सरकारबाट रु बीस हजार नगदसहित सम्मान गरिएको स्वास्थ्य शाखा प्रमुख हरिशंकर गुप्ताले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%२%

प्रतिक्रिया दिनुहोस