२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

परासीका मापदण्ड बिपरीत संचालित औषधी पसलमा शिल

२०८० अषाढ २७, बुधबार प्रकाशित ( साल अघि) ९१० पाठक संख्या

गौरीशंकर जयसवाल
नवलपरासी, २७ असार । पश्चिम नवलपरासीमा संयुक्त जिल्ला बजार अनुगमन समितीले एक वटा औषधी पसलमा शिल गरेको छ । जिल्लाको रामग्राम नगरपालिका सचालनमा रहेको मापदण्ड बिपरीत संचालन रहेका औषधी पसलमा अनुगमन समितीले शिल गरेको हो । जनस्वास्थ्यसंग जस्ता सवेदनशिल बिषयमा जिल्लामा रहेका फार्मेसी र क्लिनिक निश्चित मापदण्ड बिपरीत संचालन भएको व्यापक रुपमा जनगुनासो आएपछि अनुगमनको क्रम मापदण्ड बिपरीत संचालन रहेको पाईएको दुईवटा औषधी पसललाई शिल गरिएको संयुक्त जिल्ला बजार अनुगमन समितीका संयोजक एव सहायक प्रमुख जिल्ला अधिकारी प्रकाश देवकोटाले जानकारी दिए ।अनुगमनको क्रममा जिल्लाको रामग्राम नगरपालिकाको वडान १८ स्थित रहेको बन्जरियामा अबैध रुपमा संचालित प्रबेश उपचार केन्द्र कुनै पनि निकायको ईजाजतपत्र नलिई संचालन गरेको पाईएकोले उक्त औषधी पसल शिल गरिएको घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत गंगाधार पाण्डेयले बताए । प्रबेश उपचार केन्द्रलाई औषधी बिभाग घरेलु तथा साना उद्योग कार्यालय र रामग्राम नगरपालिकामा दर्ता गरी मात्र संचालन गर्न तथा स्वास्थ्य चेकजाँज लागि स्वास्थ्य क्लिनिक नियमानुसार दर्ता गरी संचालन गर्न निर्देशन पनि दिईएको उद्योग अधिकृत प्रमुखले पाण्डेयले जानकारी दिए ।अनुगमनको क्रममा परासी बुद्धचोकमा रहेको सन मेडिको औषधी पसल अनुगमन समितीले कागजपत्र माग गरेको उक्त पसलमा संचालले कागजपत्र नरहेको भन्दै अनुगमन समितीले शिल गरिएको बताउदै समितीका संयोजक एव सहायक प्रमुख जिल्ला अधिकारी प्रकाश देवकोटाले तीन दिनभित्र आवश्यक कागजपत्र लिई आउने निर्देशन गरेको तर औषधी पसल संचालक आवश्यक कागजपत्र लिई आएकोले शिल खोलिने बताए ।सफल सवस्थ्य क्लिनीक एव सफल फार्मेसीमा पसलमा सम्पूर्ण कागजपत्र रहेको तर स्वास्थ्य निर्देशनायको प्रमाणपत्र नविकारण म्याद नाघेकोले तुरुन्त नबिकारण गर्न र पसलबाट निस्केको फोहोरमैला व्यवस्थापन गर्न निर्देशन दिईएको रामग्राम नगरपालिकाकी अनुगमन संमिती संयोजक एव उपप्रमुख सम्झाना चौधरीले बताईन ।
अनुगमन क्रममा रामग्राम वडान १८मा रहेको सुदा टे«डर्स एण्ड सप्लायर्सबाट अबैध रुपमा ल्याईएको र बिलबिजक नरहेको २ सय ५० केजी चिनी नियन्त्रणमा लिईएको अनुगमन समितीका सदस्य एव जिल्ला प्रहरी कार्यालयका डिएसपी भोजराज पाण्डेयले बताए ।उनले उक्त चिनीको बजार मूल्य २० हजार रहेको बताए । जिल्लाको रामग्राम नगरपालिकाको तीन वटा औषधी पसल,र एक किराना पसल अनुगमन गरिएको करदाता सेवा परासीका प्रमुख बिकल्प भट्टराईले जानकारी दिए । अनुगमन समितीकमा स्वास्थ्य कार्यालय परासीका प्रमुख ओमप्रकाश पन्थी,रामग्राम नगरपालिकाका स्वास्थ्यशाखाका जनस्वास्थ्य निरीक्षक सुरज हरिजन,उपभोक्ता हित संरक्षण मञ्चकी जिल्ला अध्यक्ष सरस्वती शर्मा नेपाल पत्रकार महांघका कार्यसमिती सदस्य गौरीशंकर जयसवालको सहभागिता रहेको घरेलु तथा साना उद्योगका नबिन बस्यालले जानकारी दिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
७%१%१%

प्रतिक्रिया दिनुहोस