२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

उपभोक्ता हित संरक्षण मञ्च सुनवल नगर समितिको अध्यक्षमा पौडेल

२०८० अषाढ २४, आईतबार प्रकाशित ( साल अघि) ४२५ पाठक संख्या

परासी, २४ असार । आम उपभोक्ताको हकअधिकारको क्षेत्रमा क्रियाशील उपभोक्ता हित संरक्षण मञ्च नेपाल सुनवल नगर समिति नवलपरासीको अध्यक्षमा विष्णुप्रसाद पौडेल निर्वाचित हुनुभएको छ । नगर समितिको आज सम्पन्न प्रथम नगर अधिवेशनले पौडेलको नेतृत्वमा सर्वसम्मत ११ सदस्यीय नगर समिति चयन गरेको हो । पौडेल यसअघि मञ्चको तदर्थसमितिको नगर सचिव हुनुहुन्थ्यो ।
नवगठित उपभोक्ता हित संरक्षण मञ्च सुनवलको उपाध्यक्षमा पुष्पा पन्त जैसी, सचिवमा प्रेमबहादुर खड्का,कोषाध्यक्षमा राधा अर्याल तथा सदस्यमा कल्पना खरेल, रुद्रप्रसाद पौडेल,श्याम गुरुङ,बिनु परियार,कृष्णबहादुर कुंवर रहनुभएको छ भने दुई जना सदस्य पछि मनोनित गरिने निर्वाचन संयोजक एवं उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रीय सदस्य रामजी ज्ञवालीले बताउनुभयो ।
मञ्चकी निवर्तमान अध्यक्ष सीता तिमिल्सिनाको अध्यक्षता तथा सुनवल नगर प्रमुख बिमला अर्यालको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा नवनिर्वाचित नगर अध्यक्ष पौडेलले मञ्चलाई क्रियाशील बनाउँदै उपभोक्ताको हकअधिकार स्थापित गर्न लागिपर्ने बताउनुभयो । उहाँले गाउँगाउँमा उपभोक्ता शिक्षालाई फैलाउँदै स्वच्छ बजार स्थापनाका लागि प्रभावकारी बजार अनुगमन र नियमन गर्न स्थानीय सरकार र सरोकारवाला निकायलाई निरन्तर खबरदारी र सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस