२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

दलित मुक्तिमोर्चा पश्चिम नवलपरासीले भन्यो, जुम्ला घटनाका दोषीलाई कडा कारवाही गर

२०८० अषाढ २१, बिहिबार प्रकाशित ( साल अघि) १५२५ पाठक संख्या

परासी, २१ असार । नेपाल दलित मुक्तिमोर्चा पश्चिम नवलपरासीले जुम्लामा अन्तरजातीय विवाहपछि दलितको घर जलाएको घटनाको विरोध जनाएको छ । मोर्चाले दोषीलाई कडा कारवाहीको माग पनि गरेको छ ।
जुम्लामा आफ्नी बहिनीले दलित केटासँग प्रेम विवाह गरेपछि गैरदलित केटीका दाईले केटाको घर जलाईदिएका थिए । दलित मुक्ति मोर्चा नवलपरासीले एक विज्ञप्ती जारी गर्र्दै अझै पनि सामाजिक रुपमा अन्त्य हुन नसकेको जातीय भेदभाव र छुवाछुतको अहंकारवादले नेपाली समाजलाई अपमानित गरेको उल्लेख गरिएको छ ।
मोर्चाका जिल्ला ईन्चार्ज अगबीर विक, जिल्ला अध्यक्ष बीर बहादुर विश्वकर्मा र जिल्ला सचिव काशी हरिजनद्धारा जारी विज्ञप्तीमा भनिएको छ, “संघीय लोकतान्त्रिक गणतन्त्र पछि पनि यस्ता जातीय छुवाछुत तथा भेदभावको मनसायले जघन्य अपराध गर्नु नेपालको संविधान र जातीय छुवाछुत भेदभाव कसुर सजाय ऐन विरुद्ध छ, यस अवस्थामा पीडितको यथाशी्रघ खोजतलास गरी दोषीलाई कानून बमोजिम कडा भन्दा कडा कारवाही गर्न जोडदार माग गर्दछौँ,साथै गैरदलित युवती तथा पीडित परिवारको पूर्ण सुरक्षाको माग गर्दछौँ , अन्यथा दलित समुदायहरु अन्यायको विरुद्ध न्याय तथा समानताका लागि बृहत आन्दोलन गर्न बाध्य हुनेछौँ”
अन्तरजातीय विवाह गरेको भन्दै तातोपानी गाउँपालिका वडा नं.४ गिडिखोला निवासी मुकुन्द नेपालीको घरमा केटी पक्षले आगो लगाई दिएका थिए । मुकुन्द नेपालीले सोही गाउँकी बसन्ती गिरिसँग प्रेम गरेर एक साताअघि भगाएका थिए । मुकुन्द नेपालीले युवती बसन्ती गिरीसँग प्रेमपछि अन्तरजातीय विवाह गरेको भन्दै केटी पक्षले मुकुन्द नेपालीको घरमा आइतबार बिहान आगो लगाएका हुन् ।

D2

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस