२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

नवलपरासीमा लागूऔषधसहित तीन जना पक्राउ

२०८० अषाढ २१, बिहिबार प्रकाशित ( साल अघि) ९४९ पाठक संख्या

मोहन पौडेल
परासी, २१ असार । ठूलो परिमाणको लागूऔषधसहित पश्चिम नवलपरासीमा तीन जना पक्राउ परेका छन् । जिल्लाको प्रतापपुर गाउँपालिका वडा नं. १ बाहुनगढीबाट दुई युवा र एक महिलालाई लागूऔषधसहित ईलाका प्रहरी कार्यालय बेलाटारीको प्रहरी टोलीले नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अघि बढाएको हो ।
पक्राउ पर्नेमा प्रतापपुर गाउँपालिका–२ सेमरीका २७ वर्षीय आकाश चौधरी र वडा नं. १ उच्चमीटाडीका ३५ वर्षीय किशोर केवट तथा प्रतापपुर–१ की कमला खाँड ठकुरी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेले जानकारी दिनुभयो । चौधरी र केवटले भारतीय नम्बरको मोटरसाईकलमा भारतबाट लागूऔषध ल्याईरहेको अवस्थामा पक्राउ परेका हुन् भने उनीहरुले सोही ठाउँकी ठकुरीलाई बिक्री गर्न ल्याएको बताएपछि प्रहरीले खाँडलाई पनि लागूऔषधसहित नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका दुवै युवकको साथबाट प्रोक्सी स्पास ४७५ ट्याब्लेट,टोरक्रेस १०० एमएलको दश बोत्तल लागू औषध फेला परेको थियो भने उनीहरुको बयानको आधारमा कमला खाँडको घरमा खानतलासी गर्दा प्रोक्सी स्पास ८९ क्याप्सुल,नाईट्रोभेट ३७८ ट्याब्लेट,वानरेक्स ६ एमएलको एक बोत्तल र टोरक्रेस १०० एमएलको एक बोत्तल फेला परेको प्रनाउ पाण्डेले बताउनुभयो । पक्राउ परेका तीनै जनालाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप भई आवश्यक अनुसन्धान भईरहेको प्रहरीेले जनाएको छ ।

L2

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
९%१%१%४%

प्रतिक्रिया दिनुहोस