२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

बर्दघाटमा आगलागी हुँदा सैँतीस लाखको क्षति,एक घाईते

२०८० अषाढ १९, मंगलबार प्रकाशित ( साल अघि) ६१० पाठक संख्या

मोहन पौडेल
परासी, १९ असार । पश्चिम नवलपरासीको बर्दघाटमा आगलागी हुँदा सैँतीस लाख पाँच हजार बराबरको क्षति भएको छ । बर्दघाट ४ स्थित बमबहादुर थापाको घरमा आगलागी हुँदा चार पसलमा क्षति पुगेको छ भने एक जना घाईते भएका छन् ।
बम बहादुरको दुई तलेमा घरको शटर भाडा लिई सञ्चालन हुँदै आएको आशिष फोटो स्टुडियोमा खाजा बनाउने क्रममा सिलिण्डरबाट ग्यास लिक भई आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेका अनुसार आगलागीबाट उक्त फोटो स्टुडियो पूर्ण रुपमा जली नष्ट भएको छ ।
आगो निभाउने क्रममा पसलका सञ्चालक ३१ वर्षीय सुरज चौधरी सामान्य घाईते भएको प्रहरीले जनाएको छ । यस्तै सोही घरमा सञ्चालित दुर्गा न्यौपानेको पर्वत यूनिक फेन्सी पसल,शिवराज चौधरीको रविन फार्मेसी र पुजा सोनीको जेके सैलुनमा पनि आंशिक क्षति पुगेको प्रनाउ पाण्डेले जानकारी दिनुभयो ।
दिउँसो साढे चार बजे लागेको आगो स्थानीय, दमकल र प्रहरीको सहायताले नियन्त्रणमा लिईएको थियो । घटनाको थप अनुन्धान र क्षतिको एकिन विवरण संकलन भईरहेको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
५%

प्रतिक्रिया दिनुहोस