२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

माटो मिसिएको मिस्कटले नारायणचोक–बेलाटारी सडक अस्तव्यस्त, सरोकारवाला निकायलाई छैन वास्ता

२०८० अषाढ १८, सोमबार प्रकाशित ( साल अघि) ८५८ पाठक संख्या

गोपीगञ्ज, १८ असार । हुलाकी सडक खण्ड स्थित पश्चिम नवलपरासीको नारायणचोक देखि त्रिवेणीसम्मको सडक विस्तारको क्रममा ठेकेदारको चरम लापरवाहीका कारण स्थानीयवासीले सास्ती पाएका छन् । निर्माणको जिम्मा पाएको कम्पनीले उक्त सडकमा माटो मिसावट मिस्कट प्रयोग गरेका कारण बुद्धबस्ती देखि बेलाटारीसम्मको सडक अस्तव्यस्त बनेको छ।
सडक निर्माणको अनुगमन तथा नियमन गर्ने सरोकारवाला ठेकेदार कम्पनीको आर्थिक प्रलोभनमा परि मौन बस्दा असारे बिकास निर्माणको नमुना अहिले छर्पस्ट भएको स्थानीयको भनाई छ । सडकको गुणस्तरियताको कुरा उठाउँदा बाटो नबने पो को भन्ने चिन्ता र नबोल्दा गुणस्तहिन सामग्रीको प्रयोगले सास्ती खेप्नुपरको बाध्यता स्थानीयवासीले भोगिरहेका छन् ।
कमसल मिसक्टका कारण पछि सडक कालोपत्रे बनेपनि छिटै फुटेर जाने चिन्ता स्थानीयले प्रकट गरेका छन् । बारम्बार सरोकारवाला निकाय, स्थानीय सरकार, प्रहरी संघीय सांसद, प्रदेशसभा सदस्य, स्थानीय जनप्रतिनिधिलाई प्रत्यक्ष एवं सामाजिक सञ्जाल मार्फत ध्यानाकर्षण गराउँदा समेत कुनै निकायबाट वास्ता नगरिएको जनगुनासो छ।
सेटिङ गरेर बिकासको नाममा कमसल बस्तु प्रयोग गर्न न्यायोचित हो त ? स्थानीय प्रश्न गर्छन् । दिनहुँजसो यो सडक खण्डमा स्थानीय जनप्रतिनिधिदेखि संघीय सांसदहरुको सावर हुन्छ तर चिल्ला गाडीमा सवार हुनेले स्थानीयवासीको सास्ती देख्न सकेका छैनन् । ठेकेदार कम्पनीसंग गुणस्तरीय बस्तुको प्रयोग गर्न आग्रह गर्दा तपाई हो र बिल पास गर्ने व्यक्ति हाम्रो त सेटिङमा विल पास भईहाल्छ, सक्नुहुन्छ भने काम रोकेर देखाउनुस,भन्दै गैरजिम्मेवार अभिव्यक्ती दिने र स्थानीयलाई धम्काउने गरेको स्थानीयको गुनासो छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
६%२%

प्रतिक्रिया दिनुहोस