२०८२ अषाढ ६, शुक्रबार
24 खबर अपडेट

उपभोक्ता हित संरक्षण मञ्च सरावलको अध्यक्षमा चौधरी

२०८० अषाढ १८, सोमबार प्रकाशित ( साल अघि) ७२६ पाठक संख्या

परासी, १८ असार । उपभोक्ता अधिकारको क्षेत्रमा क्रियाशील नेपाल शसक्त संस्था उपभोक्ता हित संरक्षण मञ्चे सरावल गाउँपालिका कमिटीको अध्यक्षमा नगेन्द्र चौधरी निर्वाचित हुनुभएको छ । मञ्चको आज सरावलमा सम्पन्न मञ्चको पालिका स्तरीय अधिवेशनले चौधरीको नेतृत्वमा सर्वसम्मत ११ सदस्यीय कमिटी निर्वाचित गरेको हो ।
नवगठित समितिको उपाध्यक्षमा भीमा न्यौपाने, सचिवमा सलमान पठान,कोषाध्यक्षमा रामराज चौधरी तथा सदस्यमा माया ढकाल,टीकादेवी अधिकारी,पिन्टु कंहार,डोल कुमारी चौधरी(डोल्मा) लगायत रहनुभएको छ । तीन जना सदस्य पछि मनोनीत गरिने मञ्चले जनाएको छ ।
उपभोक्ता हित संरक्षण मञ्च सरावल गाउँपालिका स्तरीय कमिटीका निवर्तमान अध्यक्ष सुशान्त शर्मा घिमिरेको अध्यक्षता तथा सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा नवनिर्वाचित मञ्चका पालिका अध्यक्ष नगेन्द्र चौधरीले पालिका भित्रका आम उपभोक्तालाई सचेत र व्यवसायीलाई जिम्मेवार व्यवसायी बनाउन भूमिका खेल्ने वताउनुभयो । कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य रामजी ज्ञवालीले मञ्चको उद्देश्य र काम,कर्तव्य अधिकारबारे जानकारी गराउनुभएको थियो ।
उक्त अवसरमा घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख गंगाधर पाण्डे,उपभोक्ता हित संरक्षण मञ्चकी जिल्ला अध्यक्ष सरस्वती शर्मा, जिल्ला सचिव मोहन पौैडेल,पत्रकार उमेश विक लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस