२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

स्वास्थ्य प्राविधिक संघको स्थापना दिवसमा सुस्तश्रवण विद्यार्थीलाई शैक्षिक तथा सरसफाइ सामग्री वितरण

२०८० अषाढ १६, शनिबार प्रकाशित ( साल अघि) ४२७ पाठक संख्या

परासी, १६ असार । नेपाल स्वास्थ्य प्राविधिक संघको ४५ औँ स्थापना दिवसको अवसरमा पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकास्थित त्रिभुवन मावि बेलाटारीमा शैक्षिक तथा सरसफाइ सामग्री वितरण गरिएको छ । नेपाल स्वास्थ्य प्राविधिक संघ नवलपरासीले आज एक कार्यक्रम गरी उक्त विद्यालयमा अध्ययरत सुस्तश्रवण विद्यार्थीहरुलाई शैक्षिक तथा सरसफाइ सामग्री हस्तान्तरण गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले स्वास्थ्यकर्मीहरुको सेवा प्रशंसनीय रहेको बताउँदै गाउँगाउँमा स्वास्थ्य सेवा पुर्याउने अभियानमा सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले प्रतापपुर गाउँपालिकाले नागरिकको स्वास्थ्यलाई उच्च महत्व दिएर बजेट तथा कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो ।
नेपाल स्वास्थ्य प्राविधिक संघका जिल्ला अध्यक्ष बलराम सापकोटाले सुस्तश्रवण बालबालिकाहरुलाई अध्ययनमा थप हौसला बढाउन स्वास्थ्य प्राविधिक संघले आफ्नो स्थापना दिवसमा सक्दो सहयोग गरेको बताउनुभयो । उहाँले स्वास्थ्य प्राविधिक संघले सम्पूर्ण स्वास्थ्यकर्मीहरुको हकअधिकारको विषयमा आवाज उठाउनुका साथै बिरामीलाई सेवा प्रदान गर्ने कार्यमा पनि सहयोग गर्दै आएको बताउनुभयो । उक्त अवसरमा स्वास्थ्य प्राविधिक संघका पूर्व केन्द्रीय सदस्य रामचन्द्र पौडेल, प्रतापपुर स्वास्थ्य शाखा प्रमुख कुन्दन सिंह लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस